
कावासोती २७ असोज । नवलपरासीको कावासोती नगरपालिका १२ लोकाहा पुलमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार गएराति पोखराबाट नेपालगञ्जतर्फ आउंदै गरेको ना ४ ख ७७ ९९ नम्बरको बस र भित्री सडकबाट राजमार्गतर्फ निस्कदै गरेको बा १३ च १६ १७ नम्बरको कार एक आपसमा ठक्कर खांदा एक जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका नवलपरासीको प्रसौनी २ निवासी ४० बर्षीया नारायणी अधिकारीको उपचारका लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा परी नवलपरासीको प्रसौनी २ निवासी ४५ बर्षीया हरि अधिकारी, पाल्पा मदनपोखरा ६ निवासी ३५ बर्षीय नारायण बस्याल र मदनपोखराकै २९ बर्षीय मीरा क्षेत्री घाइते भएका छन् ।
बस चालक प्रहरी नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।
Post a Comment