कावासोती । रेडियो कावासोती १०२.६ मेगाहर्जको आयोजनामा दशै तिहार छठ नेपाल संवत ल्होसार आदिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व सभासद रोशनबहादुर गाहा, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, नयां शक्ति नेपाल नवलपुरका संयोजक टंकमणि शर्मा, नेकपा माओवादी केन्द्रका गुरुदत्त अधिकारी, प्रेस युनियनका केन्द्रिय सचिव केवि राना, नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष विरेन्द्र पराजुली, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञानु पंगेनी, प्रेस सेन्टरका केन्द्रिय सदस्य गोपी ज्ञवाली, प्रेस युनियनका सचिव नविन पौडेल, पत्रकारहरु अर्जुन अविरल, खगराज सापकोटा, तिर्थराज भुसाल, भविश्वर पाण्डे लगायतले शुभकामना राखेका थिए ।
त्यस्तै उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष ओमप्रकाश पौडेल, कोल्हुवा बहुमुखी क्याम्पस प्रमुख नारायण अर्याल, नयां नेपाल सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्बर तिवारी, अभिभावक संघ नवलपरासीका उपाध्यक्ष गीता पाण्डे, साहित्यकार दिपक भट्टराई, समता शिक्षा निकेतनका प्रिन्सिपल महेष भुर्तेल, प्रभु बैंक कावासोतीका सरोज तिमिल्सिना लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कावासोती सुचना तथा संचार केन्द्रका अध्यक्ष हरिषचन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव केशव भट्टराईले स्वागत मन्तव्य र कोषाध्यक्ष पूर्णप्रसाद न्यूरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रम रेडियो कावासोतीका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो ।

Post a Comment