Sunday, October 23, 2016

बालिका २३ वर्षपछि करणी गरि फरार कैदी पक्राउ

 रामकुमार श्रेष्ठ
नवलपरासी, ७ कात्तिक । २३ बर्ष अगाडि १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैदको फैसला भई फरार रहेका २ जना अपराधिलाई प्रहरीले २३ वर्षपछि कावासोतीको थाना चोकबाटै पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा साविक शिवमन्दिर –२ हालको कावासोती नगरपालिका वडा नं. ३ निवासी ४५ बर्षका प्रेम भण्डारी र सोही ठाउका ४२ वर्षका जनार्दन भण्डारीलाई पक्राउ गरेको हो । 
पक्राउ परेकालाई जिल्ला अदालत नवलपरासीले ६ बर्ष कैद फैसला सुनाएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक राजेश थापाले बताए । 
प्रेम भण्डारी २२ बर्षको हुंदा र जनार्दन भण्डारी १९ बर्षको हुंदा १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । अपराध गरी फरार भएको भएपनि अहिले कावासोती खुलमखुल्ला डुलिरहेका थिए । 
उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा शनिबार सांझ कावासोतीको थाना चोकबाट पक्राउ परेका हुन् । उनलाई आइतबार करागार चलान गरिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal