Sunday, October 2, 2016

बसको ठक्करबाट एक जनाको मृत्यु

प्रेमचन्द रौनियार
नवलपरासी, १६ असोज । नवलपरासीको प्रतापपुर–४, प्रतापपुर ठूलो नहरको पुलमा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार त्रिवेणीबाट बर्दघाटतर्फ जादै गरेको लु.१ ख. ४१७७ नम्बरको बसले प्रतापपुर–३ बस्ने वर्ष १७ का सुरज श्रेष्ठलाई ठक्कर दिदा घाइते भइ उपचारका लागि सामुदायिक अस्पताल चौपत्तामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका शव पोष्टमार्डमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको छ भने बस र बस चालकलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal