नवलपरासी, १६ असोज ।
नवलपरासीको प्रतापपुर ५ गंगापुरमा रहेको इन्दिरा सुगर मिलले प्रदुर्षण बढाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
प्रदुर्षण पीडित संघष समिति नवलपरासीको विनोद यादवको अगुवाईमा स्थानीयले नाराबाजी सहित जुलुस गरेर प्रदर्शन गरेका हुन् ।
करिब ५ सय स्थानीय बासिन्दा नारा जुलुस र ब्यानर सहित पिपरपाती गाउंको गाउं परिक्रम बजारमा कोण सभामा परिणत भएको थियो ।
सुगर मिलमा रहेको डिस्ट्रिलरीबाट उड्ने कार्वन तथा धुलो वातावरण विगारेको, प्रशोधन नगरी खोलामा मिसाएका पानीले धान, केरा, गहुँ, माछा पोखरीका बालीनालीमा नोक्सानी पुर्याएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
उनीहरुले डिस्ट्रिलरीबाट निस्कने कार्वन रोक्नु पर्ने अथवा डिस्ट्रिलरी बन्द गर्नु पर्ने, प्रशोधन नगरी पानी बगाउन धान, केरा, गहुँ, माछा पोखरीमा हानी नोक्सानी भएकोले त्यसको क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् ।

Post a Comment