Sunday, October 23, 2016

संकटा काठमाण्डौ सेमीफाईनलमा ,१–० ले विजयी

कार्तिक ७ कोल्हुवा
संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा आज (आईतबार) सि.एम जी.संकटा काठमाण्डौ र कास्की ११ बिचको आजको खेलमा अन्तिम समयमा सि.एम जी.संकटा १–० ले विजयी भएको छ ।
मध्यविन्दु नगरपालिका २ मा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता क्वाटर फाईनलको खेलको ७९औं मिनटमा संकटाका जर्सी नं. २ का सविन खड्काले १ गोल गरे ।
संकटाका खेलाडी सविनले गरेकै गोल नै निर्णायक गोल बन्न सफल भयो । यो सगै सि एम जी क्लब संकटा, काठमाण्डौ सेमी फाईनलमा प्रवेश गरेको छ ।
खेलको ५५औं मिनटमा अफ्रिकी मुलका खेलाडी जर्सी नं. १८ का लावाल ओलाले कानले रातो कार्ड पाएका थिए ।
खेलको अन्तिम समयमा संकटाको तर्फबाट पाएको पेनाल्टी पोलमा ठोकिएको थियो ।
भोली (सोमबार) क्वाटर फाईनलमा ब्वाईज युनियन काठमाण्डौ र  नेपालगञ्ज ११ बिच हुने खेल संयोजक टेक प्रसाद पोख्रेलले जानकारी दिए  ।
क्वाईज युनियन काठमाण्डौले बिरगञ्ज युथ ऐकेडेमीलाई ५–४ ले टाईबेकरमा पराजय गरेको थियो ।
राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal