Thursday, October 6, 2016

दुर्घटनामा ७ जना घाईते

ज्ञानु पंगेनी

 
नवलपरासी, असोज २१। नवलपरासीको कावासोती ११ लोकाहाखोला पुलमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा परि ७ जना घाईते भएका छन । घाईतेमध्ये  १ जनाको अवस्था गम्भिर रहेको छ ।
काठमाण्डौबाट अर्घाखाचीका लागि छुटेको बा २ ख २०४१ नम्बरको माईक्रो र भैरहवाबाट वाग्लुङ्ग वेनीका लागि छुटेको ना ६ ख ८८७ नम्बरको बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परि माईक्रोका चालक  गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते ५ जनाको नया मेडिकल कलेजमा र २ जनाको कावासोतीको नवलपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाईतेको नाम ठेगाना खुल्न सकेको छैन । दुर्घटनापछि करीब १ घण्टा पुर्वपश्चिम राजमार्ग अबरुद्ध बनेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal