Tuesday, November 15, 2016

पहाडी क्षेत्रको विद्यालय अुनगमन

कावासोती । नवलपरासीका पहाडि क्षेत्रका विद्यालयहरुमा जिल्ला शिक्षा कार्यालय नवलपरासीले अनुगमन गरेको छ ।
जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरे सहितको टोलीले पहाडको डेढगाउं र बुलिङ्गटार स्रोत केन्द्रको अनुगमन गरेको हो । टोलीमा रहनुभएको सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले जिल्ला शिक्षा कार्यालयको टोली नै सघन अनुगमनमा हिडेको बताउनुभयो ।
पहाडी क्षेत्रको अनुगमनको क्रममा पहाडी क्षेत्रका विद्यालयमा शिक्षक अभाव, कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीको नियमितता कम, कक्षाकोठा अभाव भएको पाइए पनि अन्य क्षेत्र भने धेरै राम्रो रहेको पाइएको बताइएको छ ।
पहाडी क्षेत्रको विद्यालयमा विद्यालय भवन राम्रो रहेको, पुस्तकालय व्यवस्थित रहेको, विभिन्न संघसंस्थाहरुले सोचे भन्दा धेरै सहयोग गरेको पाइएको जिल्ला शिक्षा अधिकारी घिमिरेले बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal