Tuesday, November 15, 2016

छिपछिपे बासिन्दाको माग

कावासोती । नवलपरासीको कावासोती ४ हसौरा छिपछिपको बासिन्दाहरुले उक्त क्षेत्रको जग्गा कारोबार गर्दा स्थानीयले सिफारिस गरेको व्यक्तिहरुको रोहवरमा मात्र गर्न माग गरेको छ ।
आज कावासोती नगरपालिकालाई ज्ञापन पत्र बुझाउंदै यस्तो माग गरेका हुन् । उनीहरुले छिपछिपेको कतिपय बासिन्दाहरुले जग्गाको लालपूर्जा नपाएको र त्यहां रहेको समितिका केही मानिसले पैसा लेनदेन गर्नेहरुको मात्र काम गरेको र पैसा नदिनेको काम नगरेको भन्दै यस्तो माग गरेको स्थानीय बासिन्दा कृष्ण अर्यालले रेडियो कावासोतीलाई बताउनुभयो ।
उहांका अनुसार जमिन्दारसंग कसैले सोझै त कसैले दोस्रो व्यक्ति मार्फत जग्गा खरिद गरेको भएपनि छिपछिपेमा रहेका पांच सय घर मध्ये ३ सय घरका बासिन्दाले अझै जग्गाधनि लालपूर्जा पाएका छैनन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal