Wednesday, November 16, 2016

केहि दिन पर्खिन्छौँ ः नेता त्रिपाठी ।

परासी । तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले संविधान संसोधन प्रस्ताव दर्ताका लागि प्रचण्ड सरकारलाई अझै केहि दिन समय दिईने बताउनुभएको छ ।
नवलपरासीको परासीमा पार्टीले सुरु गरेको सदस्यता वितरण अभियानको सुभारम्भ गर्दै पुर्व मन्त्री समेत रहनुभएका नेता त्रिपाठीले संसोधन प्रस्ताव दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान बाध्य हुने चेतावनि दिनुभयो । उहाँले सत्तारुढ माओवादी केन्द्र र नेपाली काग्रेसले दोहोरो चरित्र देखाएको पनि आरोप लगाउनुभयो ।
सरकारले सिमांकन मिलाउन नवलपरासी देखि बर्दिया सम्मको एउटा प्रदेश बनाउने र अहिले पाँच नम्बर प्रदेशमा रहेका पहाडि जिल्लालाई अन्य प्रदेशमा गाभ्ने गरि ल्याउन लागेको प्रस्ताव मान्य हुन्छ त भन्ने प्रस्नमा नेता त्रिपाठीले त्यो आफुँहरुको प्रस्ताव नभएको र आफुँहरु सँग संसोधन प्रस्ताव बारे छलफल पनि नगरिएको बताउनुभयो ।
नेता त्रिपाठीले समयमै निर्वाचन गर्ने हो भने संविधान संसोधनको विकल्प नरहेको बताउनुभयो । संसोधन गरेर सहज वातावरण बनाए निर्वाचनमा जाने नभए आन्दोलनका लागि समेत आन्तारिक तयारीमा रहेको जानकारी दिनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal