Tuesday, November 15, 2016

जौवारीमा सुन्तला महोत्सव

कावासोती । नवलपरासीको जौवारीमा विद्यालय संचालनको लागि बुधवार दोस्रँे सुन्तला महोत्सव हुने भएको छ ।
जौवारी ३ लुङ्गेलीथरमा रहेको उदय निम्न माध्यामिक विद्यालयलाई माध्यामिक विद्यालय बनाउन आर्थिक संकलन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सवका संयोजक केशर वहादुर राना मगरले बताए ।
महोत्सवमा धौवादि , नरम, अर्खला , डाडाझेरी , भारतीपुर गाविसका किसानहरुले सुन्तला विक्रीमा राख्ने संयोजक रानाले जानकारी दिए ।
महोत्सवबाट संकलन भएको रकमबाट माध्यामिक विद्यालय संचालन गर्ने र शिक्षकलाई तलबको व्यवस्था गरिने जनाईएको छ ।
महोत्सवमा सुन्तला खरिदका लागि जिल्लाको कावासोती, अरुणखोला, दलदले , गैडाकोट,चोरमारा , र चितवनको नारायणगढसम्म बाट  व्यापारीहरु पुग्ने जनाईएको छ ।
गत वर्षबाट शुन्तला महोत्सव आयोजना गर्न लागिएको हो ।
जिल्लाको पहाडि गाविस जौवारीमा अन्य गाविसको तुलनामा सुन्तला खेती राम्रो हुने गर्दछ  तर, पछिल्लो  दुई वर्ष यता सुन्तला खेती खासै राम्रो हुन नसकेको मगरले बताए । बोट बुढो हुदै गएको र आवश्यक औषधीको अभावमा सुन्लताको उत्पादन घट्न थालेको अर्का किसान खुम वहादुर गाहाले बताए ।
गएको वर्ष करीब ४ करोण रुपैया बराबरको सुन्तला विक्री भएको गाहाले बताए ।
यस्तै बुधवार नै सोहि विद्यालयको २ कोठे भवनको पनि शिलनयास हुदैछ ।
वेस नेपाल र सेफ द चिल्ड्रेनको सहयोगमा सो भवन निर्माण भएको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal