Friday, November 18, 2016

लागु औषद्य सहित दुई जना पक्राउ

कावासोती, ३ मंसिर । ईलाका प्रहरी कार्यालय नवलपुरले लागु औषद्य सहित दुई जनालाई पक्राउ गरेको छ ।
नवलपरासीको  मध्यविन्दु नगरपालिका ४० किलो जंगलमा शुक्तवार मध्यान्ह १२ बजेको समयमा नियमित चेकजाचका क्रममा दाङ्गबाट पोखराका लागि छुटेको ना ५ ख २८,९३ नम्बरको बसमा सवार कास्कि नदिपुर ३ बस्ने  २७ वर्षका जिवन पुन र कास्कि वेलाशे ९ बस्ने ३२ वर्षका भक्त वहादुर  पुनलाई लागु औषद्य सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय नवलपुरका  डिएपि राजेश थापाले बताए ।
उनीहरुलाई शंकाको आधारमा सोधपुछ र जाच गर्दा उनीहरुको साथबाट डाईजोपाम ४८ थान , नुफिन ४८ थान  र फेनरागन ४६ थान बरामद भएको थापाले बताए ।
दुवै जनालाई अहिले कार्यालयमा राखेर थप अनुषन्धान भैरहको थापाले जानकारी दिएका छन ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal