Sunday, November 20, 2016

नवलपुरलाई छुट्याउन पाईदैन ः महामन्त्री कोइराला

रामकुमार श्रेष्ठ
नवलपरासी, ५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री एवम् नवलपरासी क्षेत्र नं. १ का सांसद् डा. शंशाक कोइरालाले नवलपुर क्षेत्रको प्रदेश नम्बर ४ बाट कसैले पनि बिभाजन गर्न नपाउने बताउनु भएको छ । आज सांझ नवलपरासीको कावासोतीमा नेपाली कांग्रेसका भातृ संगठनले गरेको बन्दमा सम्बोद्धन गर्दै उहाँले नवलपुरबासीको माग सम्बोधन नहुदा सम्म आफु चुप नलाग्ने बताउनु भएको छ ।
कोइरालाले नवलपुर बासीको आन्दोलनले जनमानसमा परेको समस्याप्रति दुखि भएपनि नवलपुर बासीको सहभागिताले आफु उत्साहित भएको बताउनु भयो । उहाँले नवलपुर बासीको माग पार्टी र सदनमा उठाउने प्रतिबद्धता समेत जनाउनु भयो ।
उनीहरुले नवलपरासीको गैडाकोट र दुम्किबासका साथै कावासोती लगायतका ठाउंमा सडक अवरुद्ध गरेका थिए । बन्दका कारण नवलपुर क्षेत्रको पसल, बजार एवम् शैक्षिक संस्थाहरु समेत बन्द रहे । बन्दका कारण यात्रुहरु मारमा परेका थिए ।
नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश ४ मा नै कायम राख्नु पर्ने उनिहरुको माग छ । माग प्रति समर्थन जनाउदै बिभिन्न पेशागत संगठन, राजनितिक दलका प्रतिनिधि व्यपारीहरु समेत आन्दोलनमा सहभागि भएका थिए ।
समापन कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, तरुण दल जिल्ला सभापति सूर्य गुरुड्ड, नेवि संघ केन्द्रीय सदयय आरसी भट्टराई, नेपाली कांग्रेस जिल्ला सदस्य बालकृष्ण घिमीरे लगायतले नवलपुरबासीको मागलाई गम्भीर रुपमा लिन कोइराला संग आग्रह गर्नु भएको थियो । बन्द ५ बाजेबाट खुलेछ ।
नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश ४ बाट प्रदेश ५ मा लान लागिएको भन्दै नवलपुरमा रहेको नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलले नवलपरासीको नवलपुर क्षेत्र बन्द गरे ।
आन्दोलनकारीहरुले आफ्नो पार्टीको नेतृत्वमा सरकार रहेपनि पार्टीको नेतृत्वले गरेको सबै निर्णय मान्न तयार नरहेको बताएका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal