Sunday, November 20, 2016

स्थानीय तहको सिमांकनको विवाद चुलियो

न्वलपरासी, ५ मंसिर । नवलपरासीको स्थानीय तह पुनःसरंचनाको विषयलाई लिएर नवलपरासीका राजनितिक दलहरु विच विवाद चुलिएको छ । 
स्थानीय तह पुर्नसरंचनाको विषयमा आज भएको छलफलमा विवाद भएपछि बैठकमा माइन्युट खोसाखोस भएको छ । स्थानीय तह पुर्नसरचना प्राविधिक सहयोग समितिले जिल्लाका दलहरु सँग गरेको कार्यक्रममा मुख्य दल र मधेसी मोर्चा विच विवाद भएको हो ।
मधेसी मोर्चाले सिमांकनको मुद्धा नसुल्झीए सम्म पुर्नसरचनाको छलफल नगर्न आग्रह गर्दा ठुला दलहरुले पुर्नसरचनाको काम छिटो सकेर आयोगलाई पठाउनुपर्ने राय राखेपछि बैठकमा विवाद भएको हो । 
मोर्चाले संविधान ससोधन प्रस्ताव पेश नहुँदा सम्म पुर्नसरचनाको छलफल अगाडि नबडाउन आग्रह गर्दा ठुला दलहरुले नमानेपछि माईन्युट खोस्नुपरेको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताउनुभएको छ । तर नेकपा एमालेका अध्यक्ष रोशन गाहाले अन्य जिल्लाले फरक मत भएपनि आयोगलाई सिफारिस गरिरहेको सन्दर्भमा नवलपरासीले पनि ढिलो गर्न नहुने र आज नुटुगीए भोली छलफल गरेर भएपनि टुग्याउनुपर्ने धारणा राखेपछि मोर्चाका नेताहरु आक्रोसित भएको बताईएको छ ।
लोकतन्त्रमा आफनो अभिव्यक्ति राख्न पाउने अधिकार हुदाँ हुदैँ अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउन खोजिएको अध्यक्ष गाहाले बताउनुभयो । भोली फेरि बैठक वस्ने निर्णय भएको उहाँले बताउनुभयो । स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलको अध्यक्षतामा भएको सो छलफलमा विवाद भएपछि आज पनि कुनै निष्कर्स भने निस्कन सकेन ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal