Friday, November 25, 2016

क्रान्तिकारी माओवादीद्वारा सदरमुकाम परासीमा प्रर्दशन

परासी १० मंसिर । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले शुक्रवार सदरमुकाम परासीमा प्रर्दशन गरेको छ ।
राष्ट्रियता जनतन्त्र र जनजिविकाको सुनिश्चितताको  माग गर्दै बैद्य माओवादीले प्रर्दशन गरेको हो ।
विरोध प्रर्दशनका क्रममा बैद्य माओवादीका नेता कार्यकर्ताहरुले लोकतान्त्रिक चोक बुद्धचोक प्रशासन अगाडि हुदै  बुद्धचोकमा आएर कोणसभा गरिएको थियो ।
कडा सुरक्षा ब्यवस्थाको बाबजुद पनि क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन ।
¥यालीपछि बुद्धचोकमा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज ओक लम्साल अनुकुलले राष्ट्रियताको पक्षमा उभिन आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा  बैद्य माओवादीको बैद्यानिक मोर्चा  देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष  बृजदेव पाण्डे , छबिलाल खरेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal