नवलपरासी १६ मंसिर । नेकपा एमाले नवलपरासीको पार्टी कार्यालयमा आगजनी गरिएको छ ।
सदरमुकाम परासीमा रहेको पार्टी कार्यालयमा गएराती अज्ञात समुहबाट आगोलागिको प्रयास भएको बताईएको छ । मिनिरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा आगोलागीको देखिएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए ।
सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुन सक्ने संयोजक पासीले बताए ।
आगोलागीबाट भवनको भुईतलाको झ्याल डढेको छ भने झयालका सिसा फुटेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले बताए ।
च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको छ ।
नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रो पटक हो । यस अघि पनि गत वर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा पनि एमालेको पार्टी कार्यालयमा तोडफोड भएको थियो भने २०६७ बैशाख १० गते माओवादीका कार्यकर्ताले समेत सो भवनमा आगो लगाएका थिए । सो क्रममा दुई जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने १२ जना घाईते भएका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवँ नवलपरासी ईन्चार्ज तिलक महतले घटनाको घोर भत्र्सना गर्दै दोषी पत्ता लगाई कारवाही गर्न नेपाल सरकार र स्थानीय प्रसासन सँग जोडदार माग गरेका छन् ।

Post a Comment