Sunday, December 11, 2016

पुल भांचिएरपछि अवरुद्ध यातायात डाइभर्सन मार्फत् सञ्चालन


कावासोती, २६ मंसिर । 
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासको देवचुली नगरपालिका–१३ दलदले स्थित बौलाहा खोलाको पुल भाचिए पछि डाइभर्सन मार्फत् यातायात सञ्चालन गरिएको छ ।
सडक डिभिजन कार्यालय बुटवलका सव ईन्जिनियर पदम अधिकारी सहितको टोलीले पुलदेखि ५० मिटर उत्तरतर्फ पक्की डाइभर्सन निर्माणको कार्य शुरु गरेको छ । सो डाईभर्सन पुरा हुन कम्तीमा २ दिन लाग्ने ईन्जिनियर अधिकारीको भनाई छ ।

पुलको उत्तर र दक्षिणतर्फ दुवैतिर कच्ची डाईभसन निर्माण गरी सवारी वारपार गराउने काम भएको ईलाका प्रहरी कार्यालय नवलपुरका डि.एस. पि. राजेश थापाले बताए ।


डाईभर्सनमा सवारी आवत जावतमा समेत समस्या परेको छ । मालवहाक सवारी फस्दा गाह्रो भएको थापाले बताए । 

आइतबार बिहान साढे  ३ बजे ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बाया“ तर्फको भाग एक फिट तल लच्केको छ ।
पुलको मर्मत गरेर संचालन आउन कतिदिन लाग्छ भन्ने यकिन गर्न नसकिने ईन्जिनियर अधिकारीले बताए । पुल भँचिएपछि राजमार्गमा १० घण्टासम्म यात्रु अलपत्र परेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal