Thursday, December 29, 2016

फेक आइडिबाट कसरी बच्ने

ज्योति पोख्रेल

कावासोती, १४ पुस । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग व्यापक बढ्दो छ । कतिपयले यसलाई समय विताउने साधानको रुपमा प्रयोग गरेको छन् भने कतिपयले सामाजिक कामका लागि त कतिपयले अपराधिक क्रियाकलापका लागि सामाजिक सञ्जाललाई प्रयोग गरेको पाइन्छ ।
सामाजिक सञ्जालमार्फत गरिने अपराधलाई साइबर क्राइम अन्तरगत प्रहरीले मुद्दा दायर गर्ने गरेपनि कानुनी प्रावधान प्रष्ट नरहेकोले साइबर क्राइमका अपराधीहरुलाई खासै ठूलो कारवाही भएको पाइन्दैन ।
सामाजिक सञ्जालमार्फत सचेतना फैलाउनेदेखि लिएर अपराधीलाई नियन्त्रणमा लिनेसम्म महत्वपूर्ण काम सामाजिक संजालको सहायताले गर्ने गरेपनि उदाहरण पाइन्छ तर, कतिपयले यसलाई उपयोग गर्नुको साटो दुरुपयोग गरेको पाइन्छ ।
फेसबुक, ट्युटर जस्ता सामाजिक सञ्जालमा अर्काको नाममा फेक आइडी बनाउने, अश्लिल भिडियो पोष्ट गरिदिने अश्लिल कुराकानी गर्ने, अश्लिल म्यासेज पठाउने, चरित्र हत्या गर्ने ढंगले सन्देशहरु पोष्ट गर्ने जस्ता कामहरु सामाजिकमा सामाजिक सञ्जालको दुरुपयोग भएको पाइन्छ ।
यस्तो सामाजिक संजालको दुरुपयोग गरेर गरिने अपराधलाई साइबर क्राइम अपराध अन्तरगत हेर्ने गरिन्छ । तर, यसको मुद्दा प्रहरी कार्यालय हनुमान ढोकाले मात्र हेर्ने गर्दछ । भने अन्य स्थानमा प्रहरीले यसको मुद्दालाई प्रभावकारी रुपमा हेर्ने गर्दैन । जसले गर्दा साइबर क्राइमका अपराधीहरुले सजिलै उन्मुक्ति पाउने गरेका छन् ।
प्रकाश सिंखडाको अनुभवमा यस्ता सामाजिक सञ्जालमा आफ्नै साथी भाईहरुबाट फेक आइडी बनाएर दुःख दिने, सताउने गरेको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जालकै आधारमा भएका अपराधका केही घटनाहरु प्रहरीकोमा दर्ता समेत हुने थालेको छ । तथापि ती घटनाहरुलाई साथी भाईहरु भएकै आधारमा मिलापत्र गरेर प्रहरीले पठाउने गरेको छ ।
सामाजिक सञ्जालकै भरमा कतिपयले नचिनेको मानिसलाई साथी बनाउंदा बेचिने, लुटिने देखि लिएर बलात्कारमा पर्ने गरेको घटनाहरु समेत बाहिर आएका छन् । आफैले विश्वास गरेका साथीहरुबाट आफ्नो फेक आइडीमा अश्लिल भिडियो, म्यासेज, फोटोहरु पोष्ट तथा शेयर गरेका कारण कतिपयले आत्महत्या सम्म गरेका घटनाहरु बाहिर आएका छन् ।
त्यसैले समस्या परिसकेपछि पछुताउनु भन्दा पहिले नै सजक हुनु पर्नेमा सिंखडाले जोड दिनुभयो ।
आजको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधिको प्रयोगबाट कोही पनि टाढा रहन सक्दैन । तथापि सूचना प्रविधिको अहिले बढी चलनचल्तीमा आएको सामाजिक सञ्जालको सही प्रयोगले हामी सबैलाई फाईदा हुन्छ । त्यसैले यसलाई अपराधिक गतिविधिका लागि भन्दा पनि सामाजिक सचेतनाका लागि प्रयोग गर्न आवश्यक छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal