Sunday, January 1, 2017

गैडा मृत अवस्थामा भेटियो (भिडियो सहित)

रामकुमार श्रेष्ठ
नवलपरासी, १८ पुस । नवलपरासीको गैडाकोट ७ गैरीमा आज एउटा गैडा मृत अवस्थामा फेला परेको छ ।
आज विहान साढे ९ बजेतिर खेतमा गैडा मृत अवस्थामा देखेपछि गाउंलले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
बुढो अवस्थामा रहेको पोथी गैडा
जिल्ला वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत ईश्वर वाग्ले, चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन विनय कुमार मिश्र, सेनानी पदमबहादुर क्षेत्री लगायतको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।


कालगतीले मरेको बताइएकोछ । गैडाकोट खाग खुर लगायत वहुमूल्य वस्तु सुरक्षित रहेको छ । प्रहरी र निकुञ्ज कर्मचारीले गैडाको खाग खुर लगायतका वहुमूल्य अंग सुरक्षित झिकेर राख्ने जनाइएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal