Sunday, January 1, 2017

ट्रकको ठक्करबाट बृद्धको मृत्यु

श्याम थापा   

नवलपरासी (बेलाटारी) १८ पुष ।। ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । नवलपरासीको कुडियाबाट बेलाटारी तफै आउदै गरेको ना.३ ख ४७४८ नम्बरको ट्रकले फेनहरामा बाटोमा हिडिरहेको पैदलयात्री बर्ष ६५ को चन्दन पुरीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट चन्दन पुरी घाईते भएका थिए ।
पुरीको उपचारका लागी ईलाका प्रहरी कार्यालय बेलाटारीको गाडीमा राखी उपचारका लागी सहिद स्मृति अस्पताल चौपता लगिएको थियो । 
चौपता अस्पतालमा उनको उपचार हुन नसकेर घाईते पुरीलाई चितवन मेडिकल कलेज भरतपुर पठाएको र घाईते चन्दन पुरीको उपचार क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरक्षक महेश्वर उपाध्यायले बताउनु भयो ।
साथै थप अनुसन्धानका लागी गाडी र गाडी चालकलाई ईलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा राखिएको प्रहरी निरक्षक उपाध्याायले बताउनु भएको छ ।


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal