आज माघ कृष्ण औषी अर्थात, माघे औषी, आज नवलपरासीको त्रिवेणी धाम, नवलपरासी चितवन र तनहूको संगम स्थल देवघाट, गुल्मीको रिडी लगायतका स्थानहरुमा स्नान गर्ने भक्तजनहरुको घुइचो लागेको थियो ।
यसैक्रममा नवलपरासीको त्रिवेणीधाम आज पांच लाख भक्तजनहरुले स्थान गरेको बताइएको छ ।
त्रिवेणीमा नवलपरासी, चिवतन, पाल्पा, रुपन्दही, कपिलवस्तु, स्याङज्या लगायतका क्षेत्रका साथै भारतको उत्तरप्रदेश, विहार महाराजगञ्ज लगायतका क्षेत्रबाट श्रद्धालु भक्तजनहरु आएका थिए ।
सोन भद्र ,पुर्ण भद्र र नारायणी नदिको संगम स्थल त्रिवेणीमा माघे औशीको दिन पुजाअर्चना र स्नान गर्दा पुण्य प्राप्त हुने , विभिन्न प्रकारको रोगहरु निको हुने र पाप नाश हुने , मनमा चिताएको कुराहरू पूरा धार्मिक विश्वास रहिआएको छ ।
माघे औसीको अवसर पारेर त्रिवेणीमा मेला पनि लागेको लागेको छ ।
सुरक्षा व्यवस्था पनि मजबुद पारिएको छ । कुनै पनि प्रकारको अप्रिय घटना नहोस भनेर नेपाल प्रहरी,सशस्त्र प्रहरीे ,ट्राफिक प्रहरी र स्थानीय स्वमसेक गरि कुल ४ सय जना खटाईएको प्रम्ख जिल्ला अधिकारी उदय वहादुर रानाले बताए ।

Post a Comment