Friday, January 13, 2017

विदेशिने युवाहरु बढेपछि अधिकांश क्याम्पस महिला क्याम्पसमा परिणत हुदै

गोपी ज्ञवाली

नवलपरासी। बैदेशिक रोजगारीका लागि युवाहरुको विदेशिने क्रम बढदै जा“दा नवलपरासीका अधिकांश क्याम्पसहरु महिला क्याम्पसको रुपमा परिणत हुदै गएका छन् ।
युवाहरु विदेशिने क्रम बढ्दै जांदा नवलपरासीको शिक्षा क्षेत्रमा त्यसको सीधा असर परेको पाईएको छ। जिल्लाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहका अधिकांश क्याम्पसहरुमा पढ्ने युवाहरुले पढाईको क्रममा नै क्याम्पसहरु छाडेर विदेशिने क्रम बढदै गएका कारण जिल्ला भित्र संचालित अधिकांश क्यामपसहरु पुरुष विहिन बन्दै गएको एक अध्ययनले देखाएको छ ।
पढाईको नाममा होस् वा रोजगारीका नाममा होस नवलपरासीका क्याम्पस एवं उच्च माध्यामिक विद्यलय स्तरबाट नै पुरुष युवाहरुको विदेशिने क्रमले जिल्लाका अधिकांश क्याम्पसहरुमा लैगिक असन्तुलनको अवश्था सृजना हुदै गएको पाईएको छ ।
नवलपरासीको दाउन्नेदेखि पश्चिमीको क्षेत्र (परासी खण्ड)को सुनवलमा देवकोटा बहुमुखी क्याम्पस, सोमनाथ बाबा ब्याम्पस, असनैया आदर्श क्याम्पस, परासीमा पाली क्याम्पस, परासी क्याम्पस, भुमहीमा रहेको मोतिलाल बहुमुखी क्याम्पस, वर्दघाटमा दिब्यज्योति बहुमुखी क्याम्पस, न्युलाईफ क्याम्पस, बेलाटारीमा त्रिभुवन बहुमुखी क्याम्पस लगाएतका क्याम्पसहरुमा अहिले विद्यार्थीहरु मध्य पुरुष विद्यार्थीको तुलनामा महिला विद्यार्थीहरुको उपस्थिती संख्या उच्च रहेको छ ।
यसै गरी यस क्षेत्रको सेरो फेरामा रहेका रुपन्देहीको देवदहमा संचालित रहेको अन्य दुई क्याम्पसहरुमा समेत विद्यार्थीमा महिला विद्यार्थीको संख्या उच्च रहेको क्याम्पस स्रोतले जनाएको छ । 
भुमहीलाई केन्द्र मानेर हेर्ने हो भने यी सबै क्यामपसहरुको दुरी करिब २५ किलोमीटर दुरीको सेरोफेरो रहेको छ । यस अवश्थामा गाउ गाउबाट युवाहरुको विदेशीने क्रम दिनानुदिन बढदै जाने र विना अध्यन नयां नयां क्याम्पसहरु खुल्दै जाने क्रममले शिक्षा क्षेत्रमा आगामी केही समयमा नै ठुलो समस्या खडा हुने एका तर्फ देखा परेको छ भने अर्का तर्फ क्याम्पसहरुमा पुरुष र पहिलाहरुको उपस्थिती अत्यन्तै असन्तुलित अवश्थामा पुगेको छ। उच्च शिक्षाका लागि होस वा श्रमका लागि यस क्षेत्रका युवाहरु विभिन्न बहानामा दैनिक रुपमा युवाहरु विदेशिने क्रम घटदो नभएर तिब्र गतिमा घटने क्रम तेज रहेको देवकोटा क्याम्पसका क्याम्पस प्रमुख अनिल बस्नेतले बताए । 
नवलपरासीबाट विदेशीने युवाहरको पछिल्लो वर्षको तथ्यांक हेर्ने हो भने पछिल्लो एक वर्षमा मात्र नवलपरासीबाट ३३ हजार भन्दा बडि युवाहरुले राहदानी लिएका छन ।
२०६६ सालमा जिल्लाको सदरमुकाम परासीमा स्थापना भएको परासी क्याम्पसमा  विद्यार्थीहरुकोे संख्यामा महिला विद्यार्थीको संख्या अधिकांश रहेको बताउनु हुन्छ परासी क्याम्पसका प्रमुख सुमन गोपाल आचार्य । क्याम्पस स्तरमा महिलाको संख्या बडि हुनुको मुख्य कारण पुरुष विद्यार्थीको ठुलो संख्या विदेशीनु रहेको प्रमुख आचार्यको भनाई रहेको छ ।
यस क्षेत्रका करिब सबै जसो क्याम्पसहरुले बहुमुखी क्याम्पस भनिए पनि वि वि एस र वि एड गरि दुई विषयका कक्षा मात्रै संचालन गर्दै आएका छन । वि एड भित्र पनि नेपाली, अंग्रेजी, हेलथ, पपुलेशन गरि करिब करिब एउटै प्रकारको विषय संचालन गर्दै आएका छन ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal