कावासोती । नेपाल तमा· घेदु· नवलपरासीको चौथो जिल्ला अधिवेशन कावासोतीमा हुने भएको छ ।
आउदो माघ ८ गते कावासोतीको खुल्लाचौरमा अधिवेशनको उद्घाटनशत्र हुने बुधवार कावासोतीमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल तमा· घेदु·का जिल्ला अध्यक्ष आश वहादुर गोलेले तामा·हरुको पर्व सोनाम ल्होछारको अवसर पारेर जिल्ला अधिवेशन गर्न लागिएको जानकारी गराएका थिए ।
अहिले जिल्लामा तामा·को १४ वटा ईकाई रहेको छ । अधिवेशनमा एउटा ईकाईबाट ३ जना प्रतिनिधी र २ जना पर्यवेक्षक गरि ७० जना प्रतिनिधी रहेने गोलेले बताए । कार्यक्रमको उद्घाटन नेपाल तमा· घेदु·का केन्द्रिय अध्यक्ष मोहन गोलेले गर्ने जनाईएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment