शालिकराम भट्टराई
कावासोती, २ माघ । नवलपरासीको कुडिया ८ मा रहेको बाग्मती सुगर मिलबाट निस्केको प्रदुषणले स्थानीयको जनजीवनमा नराम्रो असर पारेको छ । मिलबाट निस्कने खरानी, धुवा, धुलो, प्रदुषित पानी लगायतले वातावरणलाई नै दुषित बनाएको स्थानीयले बताएका छन् ।मिलबाट निस्किएको प्रदुशषणले खानेपानीलाई समेत प्रदुशित बनाउने गरेको र मिलले यस प्रति कुनै चासो नदिएको स्थानीय कोलिराम यादवले बताए।
चिनी मिलबाट निस्केको दुषित पानीलाई फिल्डर नगरिकन मिलले सोझै दुई किलो मिटर पर रहेको शिर खोलामा मिसाएको छ । बेलाटारी र कुडियाको सखुना खोला भन्ने स्थानको शिर खोलामा लगेर दुषित पानी मिसाएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।
दुषित पानी पिउनाले जनवारको ज्यान समेत जान सक्छ भने त्यो पानी परेको जमिन उब्जाउ भुमि रहदैन । जसले गर्दा यसलाई फिल्टर गरेर मात्र फाल्नु पर्ने अध्यक्ष यादवले बताए ।
मिलमा क्रसिड्डको समय खरानी धेरै उड्दा बाहिर लुगा सुकाउन समेत समस्या हुने गरेको कुडिया ४ रेताका रामचन्द्र पोख्रेलले बताए । चिनी मिलमा अहिले क्रसिड्डको समय हो । मिलबाट निस्कने कालो विषाक्त खरानीले खेतबारीमा तरकारी लगाउन समेत नपाएको स्थानीयले गुनासो गरेका छन् ।
यहाका स्थानीयले मिल सञ्चालक र मिलको प्रशासनसंग पटक पटक आग्रह गर्दा पनि मिल प्रशासनले चासो दिएको छैन । प्रदुषण नियन्त्रणका लागि लागि वर्षौ देखि माग गरेपनि मिल मालिक र प्रशासनले चासो नदिएको पोख्रेलले बताए ।
वागमति सुगर मिलले आम्दानिको केही प्रतिशत रकम प्रदुषण नियन्त्रण र विकास निर्माणमा खर्च गर्नु पर्ने प्रावधान रहेपनि त्यसो नगरेको स्थानीयहरुको भनाई रहेको छ ।
प्रदुषण नियन्त्रण गर्नको लागि पटक पटक मिलमा डेलिगेशन समेत गएको र डेलिगेशन जाँदा समस्याको समाधान गर्छु भन्ने गरेको भए तापनि उद्योगले प्रदुर्षण नियन्त्रणका लागि खासै चासो नदिएको भिमप्रसाद कोईरीले बताए ।
अध्यक्ष यादवले मिल प्रशासनसंग प्रदुर्षण नियन्त्रणका लागि पटक पटक सहमति भएपनि कार्यान्वयन नभएको बताए ।
पोख्रेलका अनुसार प्रदुषित तथा दुर्गन्धित पानी, कालो खरानी र धुलो र मानिसको स्वास्थ्यमा गम्भीर असर परेको छ । यसले लामखुट्टे समेत बढेको पोख्रेलले बताए । कारखानाबाट निस्केको कालो खरानी ७÷८ किलो मिटर परगाउंसम्म पुग्ने गरेको छ ।
त्यस्तै नवलपरासी जिल्लाप खुल्ला दिशामुक्त जिल्ला भईसके पनि मिलमा पर्याप्त शौचालय नभएको काराण मिलमा कार्यरत मजदुरहरूले जथाभावि दिशा पिसाब गर्नाले विभिन्न स्वास्थ्य समस्या समेत फैलने गरेको स्थानीयहरु बताउंदछन् ।

Post a Comment