Monday, January 16, 2017

बाघको आक्रमणबाट आमाछोरी घाइते

रामकुमार श्रेष्ठ

नवलपरासी, ३ माघ । नवलपरासीको डण्डा प्रिप्रेनीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
कावासोती १६ डण्डा निवासी आमा छोरी ५० बर्षकी सुमित्रा गिरी र २८ बर्षीकी छोरी टुकमाया गिरी बाघको आक्रमणबाट गम्भीर घाइतेहुनु भएको छ ।
घाइते मध्ये आमाको अवस्था चिन्ताजनक रहेको छ । मध्यविन्दु अस्पतालमा उपचार हुन नसकेर सुमित्रालाई भरतपुर लगिएको छ ।
जंगलमा घांस दाउरा गर्न गएको समयमा बाघको आक्रमणबाट आमा छोरी घाइते भएकी हुन् । घांस दाउरा गर्न गएको अन्य साथीहरुले देखेपछि उनीहरुको उद्घार गरिएको थियो ।
नवलपरासीमा पछिल्लो समय बाघको आक्रमणमा परी ३ जनाको ज्यान गएको छ ।
प्रिप्रेनी गाउंदेखि एक किलो मिटर उत्तरतर्फ जंगलमा आक्रमण गरेको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal