श्याम थापा
पौष २२ , बेलाटारी । बाग्मति खड्सारी सुगरमिल मा कार्यरत एक कर्मचारीको कार्यालयको छतबाट खसेर मृत्यु भएको छ।
नवलपरासीको कुडिया ८ स्थित सुगरमिलमा कार्यरत कुडिया ९ पथरकलवा बस्ने बर्ष २० का सुनिल गुप्ता मिलको छतबाट खसेर यहीपौष १७ गते का दिन दिउसो ३ बजे घाईते भएका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।
कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत गुप्तालाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । टाउकोमा चोट लागेर गम्भिर घाईते भएका उनको टाउकोको सल्यक्रिया सम्पन्न भैसेके पछाडी उपचारको क्रममा हिजो बिहिबार अपहन्न ४ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।
मृतक गुप्ताको उपचार खर्च का साथै अन्य क्षतिपुर्ति पनि बाग्मती खाड्सारी मिलले नै व्यहोर्ने मिलले जनाएको छ ।
Post a Comment