गोपी ज्ञवाली
परासी। नवलपरासीको हरपुर गाविसका आकाश र मधुले एक अर्कालाई धेरै माया गर्दथे । मायालाई विवाहमा परिणत गर्न खोजदा परिवारले नमाने पछि उनीहरु आपैm प्रेम विवाह गर्ने निर्णयमा पुगे ।
परिवारले विवाहको अनुमति नदिए पछि दुवै जनाले भागेर मन्दिरमा भगवानलाई साँची राखी प्रेम विवाह गर्ने निर्र्णय गर तर उनीहरुको प्रेम विवाहले गाउमा नै यत्रो तनाव हुन्छ भन्ने सोचका पनि थिएनन ।
दुबै जनाले घरबाट भागेर विवाह गरेको फोटो फेसबुकमा राखे पछि नवलपरासीको हरपुर गाविस वार्ड नम्बर ५ अमानीगन्जमा त्यही फोटो र विवाहको विषयलाई लिएर केटीको पक्षका मानिसहरुले गत पुस १६ गते केटाको घरमा पसे रै सामुहिक आक्रमण गरे पछि गाउ नै तनावग्रस्त बन्न पुगेको छ।
केटी पक्षले यो विवाहलाई आफनो अपमानको रुपमा लिए पछि अमानीगन्ज गाउमा आक्रमण र प्रतिआक्रमणको घटनाले तनाव बडेको हो। केटी पक्षले यती मात्रै गरेनन हरपुर गाविस वार्ड नम्बर ५ अमानीगन्जका आकाश ठटेर (बर) माथि चेलीबेटी बेचविखनको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पछि समस्य अझै बल्जीएको बरका बुवा राजेन्द्र ठटेरले बताए।
केटा केटीले विवाह गरेर घर छाडी अन्यत्र आफन्त कहांं गएर बसेको अवश्थामा केटी पक्षका आफन्त र केही युवाहरुले केटा पक्षको घरमा नै पसेर कुटपीट गरि घर परिवारलाई घाईते बनाए पछि रक्षामा केटा पक्षका पनि केही युवाहरुले प्रतिकार गर्ने सम्भावन बडे पछि सुरक्षाका लागि अमानीगन्ज गाउमा प्रहरी खटाईएर घटनालाई साम्य पार्ने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश साप्कोटाले बताए।
केटी पक्षले जिल्ला प्रहरी कार्यालयमा कोटालाई चेली बेटी बेचविखन सम्बन्धि मुददामा उजुरी गरेको भए पनि केटी १८ वर्ष र केटा २० वर्ष पार गरि सकेको, दुवै जना आफुहरु राजिखुशी विवाह गरेको बताए पछि चेलीबेटी बेचविखन मुददा नालाग्ने अवश्थामा प्रहरीले दुवै पक्षलाई मिलेर घर जान भनेको स्रोतले जनाएको छ ।
मधेशी समुदायको बाहुल्यता रहेको अमानीगन्ज गाउमा केटाकेटीले प्रेम विवाह गरे पछि भएको झडपको घटना पछि विषयलाई साम्य पार्ने भन्दै स्थानिय राजनीतीक पाटीको केही मानिस मिलाउन पर्दछ भन्दै र केही मानिस कार्वाही गर्नु पर्दछ भन्दै विभाजित भए पछि समस्याले जटिल रुप लिएको स्थानिबासीको भनाई रहेको छ ।
प्रेम विवाहको यो विषयलाई लिएर केटा र केटीका दुबै पक्षका मानिसहरुको पछिल्ला केही दिन देखी दैनिक जसो जिल्ला प्रहरी कार्यालय परासीमा आउने गरेका कारण भिड लाग्ने गरेको छ ।

Post a Comment