Thursday, January 19, 2017

नरभक्षि बाघको आक्रमणबाट मर्नेको संख्या ४ पुग्यो

बाघ नियन्त्रणका लागि कुनै पहल भएन

रामकुमार श्रेष्ठ
कावासोती, ७ माघ । माघ ३ गते बाघको आक्रमणबाट घाइते भएकी नवलपरासीको कावासोती १६ डण्डा निवासी सुमित्रा गिरीको गएराति उपचारको क्रममा निधन भएको छ ।
उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बाघको आक्रमणबाट ५० बर्षीया सुमित्रा गिरी र छोरी २८ बर्षीया टुकमाया गिरी घाइते भएका थिए । छोरी टुकमाया गिरीको अवस्था अहिले सामान्य रहेको छ ।
जंगलमा घांस दाउरा गर्न गएको समयमा बाघको आक्रमणबाट आमा छोरी घाइते भएकी हुन् । घांस दाउरा गर्न गएको अन्य साथीहरुले देखेपछि उनीहरुको उद्घार गरिएको थियो ।
नवलपरासीमा यो सहित बाघको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यस अघि कात्तिक ७ गते चोरमारा अम्रसामा ज्ञानी माया मगर्नी, कात्तिक२९ गते कावासोती रातामाटेमा डिलबहादुर श्रेष्ठ र मंसिर १० गते दुम्किबास बघुवनमा अस्मिता मर्साङ्गीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
नवलपरासीको लोहाका जंगलदेखि दुम्किबाससम्म बाघको आतंक मच्चिएको छ । जसले गर्दा सांझको समय सर्वसाधारण घरबाहिर हिडडुल गर्न समेत कम गरेका छन् । बाघले रातिको समयमा घरघरमा आएर घरगोठबाट घरपालुवा जनवार थुतेर समेत खाने गरेको छ जसले गर्दा रातमा समयमा सर्वसाधारण घरबाट बाहिर निस्कन समेत डराउने गर्दछन् । तर, नरभक्षि बाघलाई नियन्त्रणलाई लिन कसैले प्रयास गरेको देखिनैन् ।
बाघको आक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने घरपालुवा जनवार कति खाए त्यसको कुनै लेखा जोखा नै छैन । एकातिर गैंडाको आतंक र अर्को तिर बाघको आतंकले सर्वसाधारण निक्कै आतंकित भएका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal