Wednesday, January 25, 2017

नेपाल पत्रकार महासंघ नवलपरासीको कार्यालयमा तालाबन्दी (With vedio)

नवलपरासी। नेपाल पत्रकार महासंघ नवलपरासीले सदस्यता सिफारिसमा मनोपरी गरेको र श्रमजीवि पत्रकारहरुलाई सदस्यता सिफारिस नगरेको भन्दै नवलपरासीका तिन पत्रकार संगठनले महासंघको कार्यालयमा तालाबन्दी गरिदिएको छ ।
उनीहरुले प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले सिंन्टिकेट लागू गरी दलीय भागबन्डामा सदस्यता सिफारिस गरेको भन्दा तालाबन्दी गरेको हो । क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटी नवलपरासीले आज नेपाल पत्रकार महासंघ नवलपरासीको कार्यालयमा तालाबन्दी गरेको क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष घनश्याम पोख्रेल राजुले बताए।
क्रान्तिकारी पत्रकार संगठन नवलपरासीका संयोजक शिव डुम्रेले श्रमजीवि पत्रकारहरुलाई सदस्यता सिफारिस नगरेको कारण तालाबन्दी गर्न बाध्य भएको बताए। उनले नेपाल पत्रकार महासंघ नवलपरासीले आफ्नो मागलाई व्यवस्था गरे थप कडा आन्दोलनमा उत्रिने बताए।
त्यस्तै नेपाल पत्रकार महासंघ नवलपरासीका जिल्ला सदस्य रवि पाण्डेले नेपाल पत्रकार महासंघ नवलपरासीले निर्णय गरेको भन्दा बाहिरबाट महासंघको लेटर प्याड समेत दुरुपयोग गरेर सिफारिस गरिएको बताए।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal