Sunday, January 29, 2017

देशभक्त शक्ति एक ठाउंमा उभिनु आवश्यकः थापा

सीता सापकोटा
कावासोती, १६ माघ । नेकपा क्रान्तिकारीका पश्चिम कमाण्ड इन्चार्ज एवम् देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सचिव परि थापाले राष्ट्रिय, जनतन्त्र र जनजीविकाको आन्दोलनका लागि देशभक्त,  क्रान्तिकारी शक्तिहरु एक ठाउंमा उभिनु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
आज नवलपरासीको कावासोतीमा भएको कोण सभामा सम्बोद्धन गर्दै उहांले यस्तो बताउनुभएको हो ।
नेकपा क्रान्तिकारी माओवादी अवध राज्यले प्रचारात्मक तथा तीन महिना अभियानको क्रममा हिजो देखि शुरुगरेको मोटरसाइकल र्यालीलाई कावासोतीमा सम्बोद्धन गर्नुभएको थियो ।
नेता परि थापाले देशमा अहिले आएको गणतन्त्र जनताको गणतन्त्र नभएको समेत बताउनुभयो ।
र्याली आज गैडाकोटमा पुगेर समापन गरिएको छ । र्यालीको हिजो कपिलवस्तुको चन्द्रौतामा उद्घाटन गरिएको थियो भने बुटवलबाट र्याली हिडेको थियो ।
आज बुटवल, भैरहवा, खैरहनी, सुनवल, परासी, भूमही, बर्दघाट, कावासोती र गैडाकोट लगायतका स्थानमा कोण सभा गरिएको नेकपा क्रान्तिकारी माओवादी नवलपरासीका इन्चार्ज अशोक लम्साल अनुकुलले बताउनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal