कावासोती, १६ माघ ।
सहिद दिवसको अवसर पारेर आइतबार रेडियो कावासोती र नयां नेपाल सहिद स्मृति प्रतिष्ठानले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।
सहिद सप्ताहा अन्तगरत सहिद दिवसको अवसर पारेर जनआन्दोलनका सहिद विष्णु पाण्डेकी धर्म पत्ति भागिरथी पाण्डे, दाजु लक्ष्मीप्रसाद पाण्डे, सहिद रेशम भुसालकी परिवार शिवकुमारी भुसाल, सहिद बाबुराम खनालकी छोरी तथा सहिद गायत्री खनालकी बहिनी सीता खनाल र सहिद यावद भुसालका दाजु प्रेमकुमार भुसाललाई सम्मान गरेको हो ।
आज सहिद दिवसको अवसरमा नवलपरासी सहित देशैभर विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाईएको छ ।
कार्यक्रममा सहिदको सालिक राख्नका लागि स्थापना गरिने स्तम्भको समेत शिल्यान्यास गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै देशमा आमुल परिवर्तन गर्न ज्यानको आहुती दिनुभएका सहिद विष्णु पाण्डेका श्रीमती भागिरथी पाण्डेले सहिदहरुप्रति सरकारले अभिभावको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
उहाले सहिदका छोराछोरीका लागि शिक्षा दिक्षको लागि उचित व्यवस्था गरिदिन पनि आग्रह गर्नुभयो ।
सहिद बाबुराम खनालकी छोरी र सहिद गायत्री खनालकी बहिनी सीता खनालले सहिदको सम्झना एकदिन मात्रै गरेर नहुने बताउनुभयो ।
उहाले सहिदको सम्मा राजय पक्षले गर्नुपर्ने भएपनि उचित सम्मान गर्न नसकेको भन्दै सहिदको सपना साकार पार्न सबै लागि पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पश्चिम कमाण्ड इन्चार्ज परि थापा, पूर्व सभासद रोशनबहादुर गाहा, पूर्व सभासद् गुणाखर बस्याल, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किसान शर्मा गैरे लगायतको सहभागितार रहेको थियो ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सदस्य बालकृष्ण घिमिरे, नेकपा एमालेका विष्णु ढुंगाना, नयां शक्ति नेपालका प्रदेश चारका सहइन्चार्ज रुद्रबहादुर गुरुङ, रामप्रसाद काफ्ले, हिरालाल गुरौं, टेकबहादुर पुन, जुद्धप्रसाद सिग्देल लगायतले बोल्दै सहिदले गरेको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
रेडियो कावासोतीका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रम पिताम्बर तिवारीको अध्यक्षतामा भएको थियो ।
यसैबीच सहिद प्रति राज्यले अपमान गरेको सहिद परिवारले गुनासो गरेका छन। राजनितिक दलहरु सहिदको सपना र बलिदान भन्दा आफनो स्वार्थमा लागिरहेको उनिहरुको गुनासो छ । सहिदको दिवसको अवसरमा सहिद विष्णु पाण्डे स्मृत्ति प्रतिस्ठान सुनवल ५ वनकट्टीको आयोजनामा आज सहिद पार्कमा रहेको सहिद विष्णु पाण्डेको शालिकमा माल्यापर्ण कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन ।सहिद विष्णु पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डेले संविधान घोषणा भएपनि लागु गरेर देशमा शान्ति र समृद्धि ल्याउनुपर्नेमा सहिदको अपमान गरेर दलहरु व्यक्तिगत स्वार्थमा लागेको बताउनुभयो ।
उहाँले सहिद घोषणा गर्ने सरकारको मापदण्ड प्रति पनि आपत्ति जनाउनुभएको छ । दुर्घटनामा परेर मृत्यु भएका लगायतलाई सहिद घोषणा गरेर वास्तविक सहिदको अपमान गरिएको उहांले गुनासो गर्नुभयो ।
सहिद विष्णु पाण्डे स्मृत्ति प्रतिस्ठानका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिस्ठानका पुर्व अध्यक्ष रामचन्द्र भण्डारी, समाजसेवी रामबहादुर क्षेत्री, मदन पन्थ, प्रतिस्ठानका उपाध्यक्ष लोकप्रसाद श्रेष्ठ जगत, सचिव प्रेम न्यौपाने लगायतले सहिदको बलिदानीलाई ध्यान दिएर सवै दल एकजुट भई संविधान कार्यान्वयन र आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवन त्यागेका सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै आइएको छ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूले गरेको योगदानको सम्मान तथा सम्झनामा सहिद दिवस मनाउन थालिएको हो।
सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष सहिद दिवस मनाउन थालिएको हो। राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले विक्रम सम्बत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो।
देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवसको रुपमा मनाउन थालिएको हो ।
सहिद दिवसको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।

Post a Comment