कावासोती, १७ माघ ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सचिव एवम् नेकपा क्रान्तिकारीका पश्चिम कमाण्ड इन्चार्ज परि थापाले आफ्नो दल चुनावमा जान सक्ने बताउनुभएको छ ।
आज नवलपरासीको कावासोतीमा क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहांले सरकारले कुन उद्देश्यले निर्वाचन घोषणा हेर्छ सोही परिस्थितिले निर्वाचनमा जाने वा नजाने निर्धारण गर्ने बताउनुभयो ।
उहांले आफूहरु निर्वाचनमा गएपनि निर्वाचनलाई संघर्ष र आन्दोलनकै रुपमा लिएर जाने बताउनुभयो ।
उहांले स्थानीय तहको निर्वाचनले मात्र देशलाई निकास नदिने समेत बताउनुभयो । संविधान अनुसार तीन तहकै निर्वाचन माघ भित्र लिनु पर्ने भएकोले त्यसो हुन नसकेकोले स्थानीय निकायको निर्वाचनले मात्र निकास ननिस्कने बताउनुभयो ।
उहांले हतारमा संविधान जारी गरेकै कारण तत्काल संविधान संशोधनको प्रस्ताव ल्याउनु परेको समेत बताउनुभयो ।
उहांले अघिल्लो संविधान सभाले ग्यारेन्टी गरेको पहिचान र सामथ्र्यको आधारमा प्रदेश विभाजन गरी आफ्नो पार्टीले मान्न सक्ने समेत बताउनुभयो ।
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सचिव रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञानु पंगेनीले गर्नुभएको थियो ।

Post a Comment