Thursday, February 2, 2017

तिम्रो साथ पाउदा खुशी हुने मन सार्वजनिक

अर्जुन अविरल

गीतकार सुरज विवशको जन्म दिन पारेर “तिम्रो साथ पाउँदा खुशी हुने मन” भन्ने गीत बुधबार सार्वजनिक भएको छ ।
दीपक काफ्लेको ‘आरती’ एल्बममा रहेको गीत ‘तिम्रो साथ पाउँदा खुशी हुने मन’ सार्वजानिक भएको हो ।  सुरजले यस अघि पनि चर्चित गीत दर्शक स्रोताहरु सामु ल्याई सकेका छन्। ‘धुजा धुजा पारेउ मुटु’ म यो धर्तिको कुरा गर्छु ‘पक्कै तिमी’ जस्ता आधा दर्जन जति गीत दिईसकेका सुरजले अहिले मोडल दीपक काफ्लेको एल्बम ‘आरती’ मा शब्द कोरेका हुन् ।
दीपक एक आश लाग्दा मोडल हुन् यस अघि ‘मानेन मानेन’ बाट बजारमा आफूलाई मोडलको यात्रामा उभ्याएर यात्रा गरेका दीपकले यस पटक चर्चित गायक प्रमोद खरेलको आवाज सुरज गैह्रे विवशको शब्द सन्तोश के.सी. को संगीतमा रहेको ‘तिम्रो साथ पाउँदा खुशी हुने मन’मा आफ्नो अभिनय पस्केका छन् । निकै आकर्षक देखिने दीपकलाई नम्रता सापकोटाले साथ दिएकी छन्  । यस गीतको निर्देशन कुमार केसीले गरेका छन् भने यसलाई छायांकन अजय रेग्मीले गरेका छन् ।
यो गीतलाई अनुप शिवाकोटीले सम्पादन गरेका छन् भने बजार व्यवस्थापन  एस एस डिजिटलले गरेको छ ।

गीत हेर्न यो लिंकमा क्लिक गर्नुहोला
https://m.youtube.com/watch?v=J0kl99tCBf4&feature=youtu.be

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal