रामकुमार श्रेष्ठ
नवलपरासी, २२ माघ । निकुञ्ज् र आरक्षण पीडित समुदायहरुको प्रथम राष्ट्रिय भेला चितवनमा शुरु भएको छ ।भेलामा अहिले बन्द सत्र चलिरहेको छ ।
भेलामा नवलपरासी, चितवन, मकवानपुर, बारा, पर्सा, लगायत १५ वटा जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरिएको थियो ।
बन्द सत्रमा एउट जिल्लाका १० देखि १५ जनाका दरले सहभागि रहेका छन् ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षण क्षेत्र, ढोरपाटन वन्यजन्तु आरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र, लामटाङ वन्यजन्तु आरक्षण क्षेत्र, शुक्लाफाँट वन्यजन्तु आरक्षण क्षेत्र, दुदुवा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जका पीडितहरु गरी १५ जिल्लाका सहभागि रहेका छन् ।
छविलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष पुस्करबहादुर सिंह, दीपक आचार्य, जयमंगल कुमाल,े, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, आदिवासी जनजाति मासंघका केन्द्रिय सचिव राजकुमार बोटे, लगायतले निकुञ्ज तथा आरक्षणबाट प्रभावितहरुको पक्षमा बोल्नुभएको थियो ।
बन्द सत्र भोलि सकिने छ । बन्द सत्रले मध्यवर्ती क्षेत्र जनअधिकार महासंघको नयाँ नेतृतव चयन गर्नुका साथै निकुञ्ज र आरक्षणबाट पीडितहरुको सवालमा चितवन घोषणा पत्र समेत जारी गर्ने छ ।

Post a Comment