Wednesday, February 15, 2017

देवचुली महोत्सव फाल्गुन ६ गतेदेखि

रामकुमार श्रेष्ठ
नवलपरासी, ५ फाल्गुन । नवलपरासीको देवचुली नगरपालिकामा यहि फागुन ६ गतेबाट शुरु हुने  ऐतिहासिक प्रथम देवचुली महोत्सवको तयारी पुरा भएको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका महोत्सव मुल आयोजक समितिका संयोजक धर्म बस्यालले बताए ।
उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समृद्धि, समुन्नत नगरको उदय भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव उद्योग, व्यापार, कृषि प्रदर्शनी, पर्यटन लगायतका स्टलहरु रहने प्रचारप्रसार समितिका संयोजक सूर्यप्रसाद दवाडीले बताए ।
महोत्सवबाट संकलित रकमबाट उद्योग वाणिज्य संघको भवन बनाउने लक्ष्य राखिएको आर्थिक समितिका संयोजक गीता न्यौपानेले बताइन् ।
महोत्सवको प्रमुख आकर्षकको रुपमा देवचुली डांडाको हेलिकप्टरद्वारा अवलोकन गर्न पाइने, नारायणी नदीमा डुंगा सयर गर्न पाउने लगायत रहेका छन् । त्यस्तै यहां देवचुलीको पर्यटकीय क्षेत्रहरु झल्काउने स्टलहरु समेत रहने छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal