Thursday, February 9, 2017

स्ववियू निर्वाचनको मिति सार्न माग राख्दै अखिल क्रान्तिकारीद्वारा नवलपरासीका पांच क्याम्पसमा तालाबन्दी

रामकुमार श्रेष्ठ

कावासोती, २७ माघ । विप्वल नेतृत्वको नेकपा माओवादी निकेट अखिल क्रान्तिकारीले स्ववियू निर्वाचनको वातावरण नभएको भन्दै नवलपरासीका पांच वटा क्याम्पसमा तालाबन्दी गरिदिएका छन् ।
अखिल क्रान्तिकारी नवलरासीका संयोजक शिव डुम्रेका अनुसार कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, बर्दघाटको दिव्यज्योति, परासीको पाल्ही बहुमुखी क्याम्पस, सुनवलको महाकवि देवकोटा बहुमुखी क्याम्पस र बेलाटारीको त्रिभुवन बहुमुखी क्याम्पस गरी ४ वटा क्याम्पसमा स्ववियू निर्वाचन सम्बन्धि चार वटा माग राखी तालाबन्दी गरेको हो ।
उनीहरुले स्ववियूको निर्वाचनको वातावरण तयार गर्नु पर्ने, फर्जी भर्ना विद्यार्थी खारेज गर्नु पर्र्ने, पूर्ण समानुपातिक प्रणाली लागू गर्नु पर्ने र सबै विद्यार्थी संगठनसंग मिलेर नया“ मिति घोषणा गर्नुपर्ने माग राखेर क्याम्पसको प्रशासन शाखामा तालाबन्दी गरेको हो ।
नवलपरासीमा अघिल्लो स्ववियू निर्वाचनमा सुनवलको देवकोटा बहुमुखी क्याम्पस, कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, बर्दघाटको दिव्यज्योति, परासीको पाल्ही बहुमुखी क्याम्पस र बेलाटारीको त्रिभुवन बहुमुखी क्याम्पस गरी ५ वटा क्याम्पसमा स्ववियू निर्वाचन भएको थियो ।
यस बर्ष हुन खोजेको स्ववियू निर्वाचनमा नवलपरासीमा थप १० वटा क्याम्पसमा पनि स्ववियू निर्वाचन गर्ने चर्चा रहेको छ तथापि विद्यार्थी संगठनहरुबीच कुन कुन नयां क्याम्पसमा स्ववियू निर्वाचन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । अहिले गैडाकोटको जनक बहुमुखी क्याम्पस, एसविएम कलेज, कालिका संस्कृति विद्यामन्दिर, अमरापुरीको जनमुखी, रहजरको देवचुली, प्रगतिनगरको जनज्योति, कावासोतीको मध्यविन्दु, चोरमाराको नवजागरण, अरुणखोलाको अरुणखोला बहुमुखी र भूमहीको मोतिलाल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन थप गर्ने चर्चा रहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal