दाउन्ने संवादाता
कावासोती । नवलपरासीको दुम्किवास गाविस २ सुनटाडी निवासी ३९ वर्षकी उर्मिला सुनारको हत्या परिवारले गरेको भन्दै निष्पक्ष छानविन गर्न माईती पक्षले माग गरेका छन् ।बुधबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै सुनारका माईती पक्षले घटनाको सत्यतथ्य के हो पत्ता लगाई निश्पक्ष रुपमा छानविन गर्न माग गरेका छन ।
उर्मिला शनिवार दुम्किवास स्थित आफ्नै घरमा शंकास्पद रुपमा मृत भेटिएकी थिईन् । उर्मिलाका घर पक्षले उनले विष सेवन गरेर आत्महत्या गरेको बताएका छन् । तर माईती पक्षले भने उनले आत्महत्या गरेको नभई उनका श्रीमानले हत्या गरेको आरोप लगाएका छन ।
उर्मिलाकी दिदी भगवती सुनारले बहिनीले पटक पटक श्रीमान्ले यातना दिने, कुटपिट गर्ने, मार्छु भन्ने, छोडपत्र दिन्छु भन्ने गरेको बताउने गरेकोले यातना कै यातना दिएर हत्या गरेको बताउनुभएको छ ।
उर्मिलाकी दिदी भगवती सुनारले बहिनीले आत्महत्या गरेको नभई हत्या भएकोले दोषीलाई कारवाही हुनुपर्ने बताईन् ।
बहिनीको घाटीमा पनि डाम, कान पछाडि पनि काटेको डाम रहेको उनको भनाई छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक प्रकाश सिंखडाले घटनाको वारेमा अनुसन्धान भैरहेको बताएका छन् ।
घटनाको अनुसन्धानमा खटिएका सिंखडाले विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको र थप अनुसन्धानका लागि काठमाण्डौ पठाईएकाले पोष्टमार्टम रिपोर्ट आउन एक डेढ महिना लाग्ने बताए ।
माईती पक्षले जाहेरी दिएकाले घटनाका वारेमा घरपरिवारसंग सोधपुछ गर्ने काम भैरहेको उनले बताए ।
Post a Comment