रामकुमार श्रेष्ठ
कावासोती, १४ फाल्गुन । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाको नयां नेतृत्व चयनका लागि अहिले मतदान भईरहेको छ ।
एक अध्यक्षका लागि २ जनाको उमेदवारी परेको छ भने ८ सदस्यका लागि ११ जनाले उमेदवारी दिएका छन् ।
अहिले मतदान चलिरहेको छ । साढे १२ बजे मतदान सकेर २ बजेदेखि मतगणना हुने जनाइएको छ ।
अध्यक्षमा ऋषिराम कंडेल र शिवप्रसाद भट्टराईले उमेदवारी दिएका छन् । ऋषिराम एमाले र कांग्रेस गठबन्धनबाट चुनाव लडेका हुन् भने शिवप्रसाद भट्टराई स्वतन्त्रबाट अध्यक्षमा उमेदवारी दिएका हुन् ।
त्यस्तै ८ सदस्यका लागि बाबुराम कंडेल, अमृता सिंग्देल, रमाकान्त भण्डारी, उदयराज भण्डारी, तिर्थराज कंडेल, गुणाखर काफ्ले, कपिल न्यौपाने, लालकृष्ण भुसाल, वेदप्रसाद न्यौपाने, खगिसरा गुरु¨, यज्ञप्रसाद भट्टराईले उमेदवारी दिएका छन् । रेडक्रस कावासोतीमा ४०९ जना मतदाता रहेका छन् ।
























Post a Comment