दाउन्ने संवाददाता
कावासोती । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले महिलाहरु माथि दुव्र्यवहार गरेको भन्दै दोषीमाथि कारवाहीको माग गरिएको छ ।मध्यवर्ती क्षेत्र जनाधिकार महासंघ नेपालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाहि नभए कडा संघर्षमा उत्रने जनाएको छ । महासंघका केन्द्रिय अध्यक्ष छविलाल न्यौपाने सहित राष्ट्रिय आदिवासी जनजाती संरक्षण अधिकार मञ्च, नेपाल बोटे समाज, माझी मुसहर बोटे कल्याण सेवा समिति, जिल्ला महिला अधिकार मंच लगायतका संघ संस्थाले बुधबार संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
सोमबार दिउसो १ बजे रजहर स्थित दिव्यपुरी मध्यवर्ती सामुदायिक बन नजिक रहेको नारायणी नदि छेउमा बाख्रा चराउन र लुगा धुन गएका विना बोटे, आशमाया बोटे, अस्मिता बोटेलाई दुव्र्यवहार गरिएको विज्ञप्तीमा उल्लेख छ । उनीहरुलाई पांच जनाको संख्यामा आएका सुरक्षाकर्मीले यौनशोषण गर्ने आसयले हातपात गरेको उनीहरुको दावी छ ।
Post a Comment