Saturday, February 4, 2017

गुरुङ राष्ट्रिय परिषदको तेस्रो अधिवेशन

कावासोती। तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको तेस्रो अधिवेशन नवलपरासीको कावासोतीमा शनिवारदेखि शुरु हुने भएको छ ।
महाधिवेशनको कावासोतीको खुल्ला मैदानमा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले  उद्घाटन गर्दै जातीय पहिचानको निम्ती धेरै आन्दोलन  गरिरहेको बताउनुभएको छ ।
उहाले पहिचान सहितको संघियताका लागि आफुहरु लडिरहेको बताउनुभयो ।
महाधिवेशनमा ६३ जिल्लाबाट १०/१० जना , ३१ वटा संस्थाबाट ३/३ जना र  , पेलुसंघ , बौद्धअर्घसदन र विभिन्न भातृ संगठनबाट गरि करीब  एक हजार प्रतिनिधि तथा प्रवेक्षक सहभागी भएका छन ।
बन्दशत्र आईतवार विहान ८ बजेबाट शुरु हुने  उपाध्यक्ष कर्ण वहादुर गुरुङ्गले  बताएका छन । बन्दशत्रले आगामि ३ वर्षका लागि  ६३ जनाको नया कार्य समिती चयन गर्ने जनाईएको छ ।
विधानमा नै अध्यक्षले २ कार्यकाल काम गर्न पाउने उल्लेख भएअनुसार  अहिलेका अध्यक्ष रेशम गुरुङ्गग नै  सर्वसम्मत रुपमा अध्यक्ष हुने सम्भावना रहेको गुरुङ्गले बताए । अन्य पदाधिकारीहरु पनि सकेसम्म सर्वसम्मतको प्रयास गरिने नभए जनाइृएको छ ।
बन्दशत्रमा तमुवान स्वायत्त प्रदेश, अन्तराष्ट्रिय तमु सम्मेलन र  तमु लिपी विषेशगरि यी तिन एजेन्डामा छलफल केन्द्रित हुने समेत गुरुङ्गले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal