कावासोती । नेकपा एमाले प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङ्गले प्रदेश नम्बर ४ प्राकृतिक, सामाजिक र पर्यटकिय र आर्थिक दृष्टीले समृद्ध प्रदेश भएको बताउनु भएको छ ।
कावासोती प्रदेश ४ को नवलपुर संगठन कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । मनाङ्ग, मुस्ताङ्ग देखि त्रिवेणी सुस्ता सम्मको भौगलिक वनावट, सामाजिक मुल्य मान्यता लगायत हरेक दृष्टिले प्रदेश ४ समृद्ध प्रदेश भएको उहाँको भनाई छ ।
प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा एमालेले अझै सुदृण बनाउने जिम्मेवारी कार्यकर्ताहरुको भएको बताउनु भयो । सो कार्यक्रममा सहसंयोजक गणेश तिमिल्सिना, एमाले बैकल्पिक केन्द्रिय सदस्य तिलक महत, प्रदेश सदस्य सांसद कृष्ण पौडेल, प्रदेश सदस्य धनञ्जय शर्मा, पार्टी स्वास्थ्य विभाग सदस्य डा. शोभाकान्त ढकाल लगायको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा नवलपुर क्षेत्रका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment