Wednesday, February 15, 2017

स्ववियु निर्चाचन सार्न माग गर्दै तालाबन्दी

रामकुमार श्रेष्ठ 

नवलपरासी, ५ फाल्गुन । स्ववियु निर्वाचन सार्न माग गर्दै विप्लव माओवादी निकट विद्यार्थीसंगठन अखिल –क्रान्तिकारी) ले नवलपरासीका चार क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । 
विहीबार नवलपरासीको पाल्ही बहुमुखी क्याम्पस परासी, महाकवि देवकोटा बहुमुखी क्याम्पस सुनवल, दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट, त्रिभुवन उच्च मावि बेलाटारीमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको अखिल –क्रान्तिकारी) नवलपरासीका अध्यक्ष शिव डुम्रेले बताए । 
उनीहरुले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै स्ववियु निर्वाचन सम्बन्धी क्याम्पसका कागपत्र समेत नियन्त्रणमा लिएको छ । 

विवाद कायमै

नवलपरासीमा दश थप नयाँ क्याम्पसमा स्ववियु निर्वाचन गर्ने तयारी रहेपनि विद्यार्थी संगठनहरुबीच विवाद हुंदा ति क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने नहुने अन्यौल भएको छ । 
यस बर्ष हुन खोजेको स्ववियू निर्वाचनमा नवलपरासीमा थप १० वटा क्याम्पसमा पनि स्ववियू निर्वाचन गर्ने चर्चा रहेको छ तथापि विद्यार्थी संगठनहरुबीच कुन कुन नयां क्याम्पसमा स्ववियू निर्वाचन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । अहिले गैडाकोटको जनक बहुमुखी क्याम्पस, एसविएम कलेज, कालिका संस्कृति विद्यामन्दिर, अमरापुरीको जनमुखी, रहजरको देवचुली, प्रगतिनगरको जनज्योति, कावासोतीको मध्यविन्दु, चोरमाराको नवजागरण, अरुणखोलाको अरुणखोला बहुमुखी र भूमहीको मोतिलाल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन थप गर्ने चर्चा रहेको छ । 
नवलपरासीमा अघिल्लो स्ववियू निर्वाचनमा सुनवलको देवकोटा बहुमुखी क्याम्पस, कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, बर्दघाटको दिव्यज्योति, परासीको पाल्ही बहुमुखी क्याम्पस र बेलाटारीको त्रिभुवन बहुमुखी क्याम्पस गरी ५ वटा क्याम्पसमा स्ववियू निर्वाचन भएको थियो ।
कुन क्याम्पसको अनुमति लिने कुन क्याम्पसका नलिने भन्ने विषयमा विद्यार्थी संगठनका विवादका कारयस बर्ष पनि ती पांच क्याम्पसमा मात्र स्ववियु निर्वाचन हुने देखिएको छ । 


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal