रामकुमार श्रेष्ठ
कावासोती, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई लुब्रिक्यान्स सकिएको ट्याक्टरको संख्या दिएका छन् ।
शनिबार नवलपरासीको कावासोतीमा भएको प्रदेश ४ स्तरीय जनसभालाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको नेतृत्वले निकास नपाउनेमा जोड दिंदै अबको नेतृत्व एमालेले गर्ने उनले बताए ।
उनले कांग्रेस अहिले अन्यलाई उचालेर अरुलाई भड्काउने काममा लागेको समेत आरोप लगाए । एमाले अध्यक्ष ओलीले कांग्रेसले सप्तरी घटनामा मधेषी मोर्चाको समर्थनमा विज्ञप्ति निकालेर आतंकवादी घटनालाई प्रसय दिएको आरोप समेत लगाए ।
कावासोतीमा भएको प्रदेश ४ स्तरीय जनसभामा नवलपरासीको नवलपुर क्षेत्रका साथै छिमेकी जिल्ला कास्की लगायतका क्षेत्रबाट पनि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उनले कुनै पनि दल वा व्यक्तिले रोक्दैमा एमालेको अभियान नरोकिने समेत बताए । उनले भने एमाले शान्तिपूर्ण अभियानमा छ, कसैले रोक्दैमा रोकिदैन । एमाले कहाँबाट आएको हो र हामीलाई प्रवेश दिदैनौं भनेर रोक्न खोज्ने ?
कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा वलीले सबै नेपाल एकजुट भएर देशको सिमा रक्षा गर्न लाग्नुपर्नेमा जोड दिए । उनले देशका लागि पछिल्लो सहादत कञ्चनपुरमा गोविन्द गौतमले दिएको बताए ।
एमाले अध्यक्ष ओलीले भारतले नेपाल सानो छ भनेर हेप्ने काम गरेको बताए । उनले भने ‘नेपाल सानो छ भनेर भारतले नेपाललाई हेप्ने काम गरिरहेको छ । यही हेपाहा प्रवृतीको विरोध हामीले गरिरहेका छौ । ”
जात, धर्म, भाषा, भुगोलका अधारमा झैझगडा र परस्परमा द्वयस फिजाउने र द्वन्द्व मच्चाउने काम अहिले भैरहेको भन्दै उनले यो नेपालको हित र लोकतन्त्र , राष्ट्रिय एकता र देश विकासको हितको विरुद्धमा भएकोले एमालेले यस्ता कुरालाई अस्विकार गर्ने बताए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनाल , माधव नेपाल, एमाले उपाध्यक्ष वामदेव गौतमले समेत सम्बोद्धन गरेका थिए । गौतमले सप्तरीको नियोजित घटना घटाउनेलाई नाङ्गेझार पारेर जनतामाझ उभ्याउनु पर्ने बताए ।
उनले एमाले एउटा गरिबीको पार्टी भएकोले अब गरिबीलाई अन्त्य गरी समृद्ध राष्ट्र निर्माणका लागि लागिपर्ने बताए ।
कार्यक्रममा विभिन्न थारु, मगर, गुरुङ लगायतका समुदायको परम्परागत सस्कृति झल्कने कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम नेकपा एमाले प्रदेश ४ का संयोजक किरण गुरुङको अध्यक्षमा भएको थियो ।
कार्यक्रममा पत्रकार विद्रोही गिरीलाई प्रेसचौतारी सिर्जनशिल पुरस्कारबाट सम्मानित गएिको थियो ।
त्यस्तै आइतबार नवलपरासीको भूमहीमा जनसभा गर्दै छ । भूमहीमा हुने जनसभाको तयारी पुरा भएको एमालेका धिरज शर्माले बताए ।


Post a Comment