Thursday, March 9, 2017

राष्ट्र विखण्डनको ठूलो षडयन्त्रः गुरुङ

रामकुमार श्रेष्ठ 

नवलपरासी, २७ फाल्गुण । नेकपा एमालेका प्रदेश ४ का संयोजक किरण गुरुङले राष्ट्र र राष्ट्रियतालाई खलबल्याउनका निम्ति विखण्डन गर्नका निम्ति ठूलो षडयन्त्र भईरहेको बताउनुभएको छ । 
उहांले यसका लागि ठूलो शक्ति लागि परेको समेत बताउनुभयो । उहांले सप्तरी घटनालाई आतंकवादी घटनाको संख्या दिदंै सोही घटनाबाट ठूलो शक्ति देश विखण्डनका लागि लागेको पुष्टि भएको बताउनुभयो । 
प्रदेश ४ को कार्यक्रमको बारेमा जानकारी दिनका लागि आज कावासोतीमा रहेको नेकपा एमाले नवलपुरको पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले यस्तो बताउनुभएको हो । 
उहांले सप्तरी घटनालाई मोर्चाका केही व्यक्तिहरुले गौर हत्या काण्ड सरह घटाउने तयारीमा आएको बताउनभयो । पत्रकार सम्मेलनमा नेकपा एमाले प्रदेश ४ का संयोजक किरण गुरुङले सप्तरीमा भएको घटना ज्यादतिपूर्ण भन्दै त्यो घटना एमालेमाथि मात्र भएको घटनाको रुपमा नहेर्न आग्रह गर्नुभयो ।
नेकपा एमालेको मेचीमहाकाली राष्ट्रिय अभियानको प्रदेश ४ को कावासोतीमा हुने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । 
एमालेले प्रदेश ४ को कावासोतीमा मात्र जनसभा गर्ने भएकोले प्रदेश ४ का नेता तथा कार्यकर्ताहरुलाई कावासोतीमा केन्द्रित गरेको छ । 
एमाले प्रदेश ४ संयोजक गुरुङले प्रहरीको गोली लागेर ज्यान गुमाउनु पर्ने अवस्था आउनु दुखद घटना भएको समेत बताउनुभयो । 
उहांले ४ जना साफ सुटर ल्याएर एमालेका नेता कार्यकर्ताको हत्या गर्ने योजना उनीहरुको रहेको दावी समेत गर्नुभयो । 
उहांले गौरमा माओवादीमाथि भएको घटनाको स्मरण गर्दै सप्तरीमा एमालेले संयमता नअपनाएको भए र सुरक्षाकर्मीको भूमिका राम्रो नभएका भए अर्को गौर घटना घट्ने बताउनुभयो । 
एमालेले फाल्गुन २८ गते कावासोतीमा र फाल्गुन २९ गते नवलपरासीको भूमहीमा जनसभा गर्ने तयारी गरेको छ । 
जसका लागि एमालेले गाउंगाउंमा आफ्ना कार्यकर्ताहरुलाई भेटघाट गर्ने, कार्यक्रमको बारेमा जानकारी गराउने गरेको छ । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal