कावासोती । होली खेल्ने क्रममा नवलपरासीको कावासोतीमा एक जना युवती गम्भीर घाइते भएकी छिन् ।
कवासोती ८ निवासी रोहित गैरे थप्पे भन्नेले जबरजस्ती रंग लगाइदिन खोजेको र युवतीले नमानेपछि कोकको बोतलले टाउकोमा हानेर गम्भीर घाइते बनाइदिएको स्थानीयले जनाएका छन्
कावासोती ३ अठ्ठाईविगाहा निवासी २१ बर्षीय रविना गुरुङ गम्भीर घाइते भएकी हुन् ।
घाइते गुरुङको सुभाना पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । स्थानीयका अनुसार उनको टाउकोमा चोट लागेको छ ।
कवासोती नगरपालिका अगाडि उनलाई कोकको बोतलले आक्रमण गरिएको थियो ।
आक्रमणकारी फरार रहेको र उनको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment