कावासोती, ६ चैत्र ।
कावासोती फलफूल चोक हाटबजार लाइनमा आज करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । पर्वत घर भई हाटबजार लाइनमा साइकल पसल गर्दै आएका ५० बर्षीय महोमद आसिन गम्भीर घाइते भएका हुन् ।
उनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।

Post a Comment