Sunday, March 19, 2017

बालविवाहकै कारण विद्यालय छाड्दै

रामकुमार श्रेष्ठ 

कावासोती, ६ चैत्र । नवलपरासीको कतिपय पहाडि क्षेत्रमा अझै वालविवाह गर्ने क्रम रोकिएको छैन । 
जनजातिहरुको बाहुल्य रहेको क्षेत्र र गरिव, विपन्न तथा पिछडिएका क्षेत्रमा रहेका बालबालिकाहरुमा बालविवाह गर्ने क्रम नरोकिएको हो । बालविवाह गरेकै कारण विद्यालयमा कक्षा छाड्ने र पढनपाढन नै अगाडि नबढाउने गरेको समेत पाइएको छ । 
हाम्रो कानुनले बालविवाहलाई सामाजिक अपराध भित्र राखेको छ । बालविवाह गर्नु कानुनतः अपराध हो भने बालविवाह स्वास्थ्यका हिसावले पनि अनुपयुक्त मानिन्छ । तथापि हाम्रो समाजमा अझै पनि बालविवाह रोकिएको छैन । 
नवलपरासीको सहरी क्षेत्रमै बालविवाह हुने गरेको पाइन्छ भने नवलपरासीको तराई तथा पहाडी क्षेत्रमा अझ यो अझ पनि विकराल रुप नै रहेको छ । नवलपरासीको पहाडि क्षेत्रमा अझै वालविवाह गर्ने क्रम रोकिएको छैन । 
जनजातिहरुको बाहुल्य रहेको क्षेत्र र गरिव, विपन्न तथा पिछडिएका क्षेत्रमा रहेका बालबालिकाहरुमा बालविवाह गर्ने क्रम नरोकिएको हो । 
बालविवाहकै कारण नवलपरासीको मध्यविन्दु नगरपालिका १० द्वारदामा रहेको विरेन्द्र माविमा बर्षेनी विद्यालय छाड्ने बालबालिकाहरु बढेका छन् । 
विद्यालयका प्रधानाध्यापक हेमराज ढुंगानाका अनुसार यस बर्षमात्रै ४ जनाले बालविवाह गरेकै कारण विद्यालय छाडेका छन् । 
उहांले बर्षेनी ७÷८ जना बालबालिकाले आफ्नो विद्यालयबाट मात्रै बालविवाह गरेका कारण विद्यालय छाडेन गरेको बताउनुभयो । 
कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीहरु बालविवाह गर्ने बढी भएपनि केही बर्ष अगाडि कक्षा ४ मै पढेकाले समेत बालविवाह गरेको बताउनुभयो । 
यस बर्ष कक्षा ८ मा ६८ जना विद्यार्थी भर्ना भएकोमा ६१ जनाले मात्र परीक्षाका लागि फारम भरेका र फारम भरेका मध्ये पनि २ जना छात्राले बालविवाह गरेकै कारण विद्यालय आउन छाडेको प्रधानाध्यापक ढुंगानाले बताउनुभयो । 
बालविवाह गर्ने, घरका कोही न कोही वैदेशिक रोजगारीका लागि गएका कारण घर हेर्नु पर्ने भन्दै विद्यालय छाड्ने, परिवार पाल्नकै लागि सानै उमेरमा कामको खोजीमा भारत पस्ने र साथीहरुको लहैलहैमा लागेर विद्यालय छाड्ने गरी बर्षेनी विद्यालय भर्ना भएका मध्ये ४० देखि ५० जनाले विद्यालय छाड्ने गरेको प्रधानाध्यापक ढुंगानाले ठम्याई रहेको छ । 

नवलपरासीको मगर, कुमाल लगायतका जनजातिको बढी बाहुल्यता रहेको साविक राँकाचुली गाविसको बतासा, चनौटे, साविक मैनाघाट गाविसको दमार, गरगरे, भालुटांडे, साविक नयांबेलहानी गाविसको खयरसाल लगायतका गाउंमा अझै बालविवाह कायम रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । 
घरमा घर हेर्ने मानिसको अभाव भएपछि केटाकेटी दुवैले सानै उमेरमा बालविवाह गर्ने र श्रीमती घरधन्दामा लाग्ने र श्रीमान् भारत जाने तथा भारतबाट फर्किएपछि विदेश जाने बढी रहेका छन् । 
गाविसमा बालविवाह दर्ता गर्न नमानेपनि बालविवाह गर्ने क्रम भने नरोकिएको सम्बन्धि गाविसका सचिवहरुले बताएका छन् ।
त्यस्तै लक्ष्मी निम्न माध्यमिक विद्यालय बुङ्गदीकाली गाउँपालिका ६, नरम ल्हापेका प्रधानाध्यापक सुरज गुरुङले पहाडी क्षेत्रमा अभिभावकले बालबालिकाको भविश्यप्रति खासै चासो नदिने गरेका कारण बालविवाह अझै नरोकिएको बताउनुभयो । उहांले आफ्नो विद्यालयमा गत बर्ष २ जना विद्यार्थीले कक्षा ८ मा पढ्दा पढ्दै बालविवाह गरेकै कारण कक्षा छाडेको बताउनुभयो । 

नवलपरासीको बुंदीकाली गाउँपालिका ६ नगरडांडाको नगरडांडा माविका प्रधानाध्यापक ओमबहादुर सारुले मोबाइल, फेसबुक, आर्थिक अभाव र अशिक्षाकै कारण बालविवाह अझ रोकिन नसकेको बताउनुभयो । 
उहांले कुनै बर्ष आफ्नो विद्यालयमा एउटै कक्षामा बालविवाह गरेकै कारण ८÷९ जनाले विद्यालय आउन छाडेको बताउनुभयो । पहाडी क्षेत्रमा १७, १८ बर्षमा विवाह गर्नु सामान्य जस्तै हुने भएकोले पहाडी क्षेत्रमा सामान्य रुपमा हेरिने गरिन्छ ।

नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका हो भने साविक प्रगतिनगर गाविस नेपालकै पहिलो बालमैत्री गाविस घोषणा भएको हो । यी दुवै क्षेत्र सहरी क्षेत्र र बजार केन्द्रित क्षेत्र हो । नवलपरासीको गाविस नेपालकै पहिलो बालमैत्री गाविस र नवलपरासीकै नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा भईरहंदा यसै जिल्ला भित्रका अन्य क्षेत्रमा भने अझै बालविवाह हुने क्रम जस्ताको तस्तै रहनु दुभाग्र्य हो । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal