Saturday, April 1, 2017

नेकपा एमालेको वैठक

कावासोती, १८ चैत्र ।

नेकपा एमालेले नवलपरासीको परासी जिल्लाको नयां संरचना अनुसार जिम्मेवारी हेरफेर गरेको छ ।
नेकपा एमाले परासीको जिल्ला कमिटि सचिवालयको आज पार्टी कार्यालय परासीमा वैठकले स्थानीय तहको नयां पुनसंरचना अनुसारको जिम्मेवारी हेरफेर गरेको हो । नेकपा एमाले परासीका अध्यक्ष तुलसी पासीले दिनुभएको जानकारी अनुसार रामग्राम नगरपालिकामा लक्ष्मी क्षेत्रीलाई संयोजक र रामलिन सहानीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सुनवल नवलपरासीमा विमला अर्याललाई संयोजक, थमन सिंह नेपालीलाई सहसंयोजक, बर्दघाट नगरपालिकामा दिपेन्द्र अधिकारीलाई संयोजक र रुक्मागत ज्ञवालीलाई सहसंयोजकको जिम्मा प्रदान गरिएको छ ।
त्यसैगरी वैठकले पाल्हीनन्दन गाउंपालिकामा रिंगला यादवलाई संयोजक, रमजान अलिलाई सहसंयोजक, त्रिवेणी सुस्तामा टेकनारायण उपाध्यायलाई संयोजक, रन्नता काफ्लेलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै प्रतापपुर गाउंपालिकामा दिपकराज शर्मा संयोजक, तारा सिंह थापा सहसंयोजक, सरावल गाउंपालिकामा टिका शर्मा घिमिरे संयोजक प्रल्हाद पासी सहसंयोजक हुनुभएको छ ।
आजको वैठकले सचिवालय सदस्यमा कुमार आले, सरिता खनाल भुसाल, सुभाष जिसी र योगेन्द्र हरिजनलाई थप गरेको छ भने शिवलाल कंडेल बर्दघाट, खेम राना त्रिवेणी सुस्ता, देवराज श्रेष्ठ तिलकपुर, लक्ष्मी पाण्डे सहिद परिवार सुनवल, सूर्य दुवे (भूमही) र निलकण्ठ गैरे सुनवल थप गरिएको परासी अध्यक्ष तुलसी पासीले जानकारी दिनुभयो ।
पासीका अनुसार संयोजक र सहसंयोजकलाई स्थानीय तहको निर्वाचन परिचालन गर्ने कमिटि बनाउने उमेदवारको नाम लिष्ट तयार पारेर सिफारिस गर्ने लगायतका जिम्मेवारी प्रदान गरिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal