Tuesday, March 7, 2017

दुम्कौलीको शाश्वतधामको राष्ट्रपतिद्वारा उद्घाटन । राष्ट्रिय एकतामा टेवा पुग्ने आशा व्यक्त

रामकुमार श्रेष्ठ

नवलपरासी, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राष्ट्रिय एकता र भातृत्व विकास आवश्यक रहेको बताउनुभएको छ ।
आज नवलपरासीको दुम्कौलीमा रहेको चौधरी ग्रुपको सिजी इन्ड्रस्ट्रियल पार्कमा निर्मित शाश्वत धामको उद्घाटन गर्दै उहांले यस्तो बताउनुभएको हो ।
उहाले ऋषिमुनीहरुलाई हाम्रा सांस्कृतिक धरोहरको रुपमा व्याख्या गर्दै यस धामले विश्व शान्ति, राष्ट्रिय एकता र भातृत्व विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाले भन्नुभयो – “हाम्रा सांस्कृतिक धरोहरको रुपमा रहेका ऋषिमुनीहरुद्वारा स्थापित दया, करुणा, सद्भाव र मैत्रीका सन्देश प्रवाह गरी विश्वमा शान्ति, राष्ट्रिय एकता र भातृत्व प्रद्र्धधन एवम् राष्ट्रको आर्थिक सामाजिक रुपान्तरणमा यस धामले बलियो नैतिक सन्देश दिने मैले आशा गरेकी छु ।”
राष्ट्रपति भण्डारीले नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भावको उदाहरणको रुपमा रहेको देश भन्दै नेपाल बुद्धको जन्मभूमि भएको र बुद्धको जन्मभूमिमा स्थापित शाश्वतधामले सामाजिक कल्याण जागरणको क्षेत्रमा कल्याण पुर्याउने अपेक्षा समेत गर्नुभयो । नेपाल ऋषिमुनिहरुको तपोभूमि रहेकै कारण आर्युवेद, योग र ज्ञानका विद्याहरु विकासित भई मानव सेवामा सर्मपित भएको बताउनुभयो ।
नेपालको धार्मिक, सांस्कृतिक विविधताको प्रसंशामा अधिकांश समय खर्चेका उहांले हिन्दू राज्य र हिन्दु धर्मका बारेमा केही उल्लेख गर्नुभयो । उहा“ले हाम्रा असल परम्परा, मूल्य मान्यता प्रति गौरव गर्नु पर्ने उल्लेख गर्दै हाम्रा असल परम्परा, मूल्य मान्यतालाई बदलिदो परिवेशमा सभ्य समाजका निमित्त अस्वीकार्य हुने संस्कार प्रथा र मान्यतालाई जुनसुकै आवरणमा आएपनि त्याग्नु पर्ने बताउनुभयो ।
नेपाल सरकारले सांस्कृतिक, धार्मिक र जातिय विविधको अनुपम पूर्वाधारको रुपमा रहेको विविध विशेष तथा मूल्य मान्यताका अभिवृद्धि र संरक्षण गर्ने हिसाबले विविध कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
नवलपरासीको देवचुली २ दुम्कौलीमा रहेको सिजी इन्डष्ट्रियल पार्क परिसरमा निर्माण गरिएको शाश्वत धामको राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्नुभएको हो । धामलाई आजदेखि नै सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
शाश्वतधाममा एकम्बरेश्वर मन्दिरका साथै गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्तकायल, हेरिटेज विल्डिङ हल, गौशाला, आर्गेनिक फार्म, ध्यान केन्द्र लगायत रहेका छन् ।
धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले यस शाश्वतधाम नवलपरासीको देवचुली नगरपालिका २ दुम्किौलीमा रहेको सिजी इन्डष्ट्रियल पार्क परिषरमा निर्माण गरिएको हो ।
करिब सात विगाहा क्षेत्रफलमा फैलिएको यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर हो ।
मन्दिरमा आज नै वैदिक सनातन धर्म अनुसार प्राणप्रतिष्ठापन पनि गरिएको छ ।
शाश्वतधाममा आउने पर्यटकहरुले पशुपति नाथ, मक्तिनाथ, स्वर्गद्वारी, गोसाईकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधिहरु ठूलो पर्दामा हेर्न पाउने व्यवस्था समेत मिलाइएको छ । धामको चारैतिर ढुंगा खोपेर बनाइएका स–साना स्पिकरबाट यहां आउने पाहुनाले मन्द आवाजमा भजन सुन्न सक्ने व्यवस्था मिलाइएको छ ।
राष्ट्रपति भण्डारीले धार्मिक ई–लाइब्रेरीको मंगलबार नै उद्घाटन गरेकी थिइन् ।
यहां आउने पर्यटकले शाश्वतधामको निशुल्क अवालेकन गर्न पाउने व्यवस्था मिलाएको र विहान ७ बजेदेखि सांझ ८ बजेसम्म यहां आउने भक्तजन तथा पर्यटकले यस क्षेत्रको अवलोकन गर्न पाउने जनाइएको छ ।
मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले नेपाल वैदिक सनातन हिन्दू राज्य रहेको गर्नुभयो । उहाले नेपाल हिजो पनि हिन्दु राज्य रहेको, आज पनि रहेको भन्दै भोलि पनि नेपाल वैदिक सनातन हिन्दु राज्यको रुपमा रहने दावी गर्नुभयो ।
त्यसैगरी चौधरी ग्रुपका संस्थापक विनोद चौधरीले कुनै पनि धर्मले हिंसा नहोस भन्ने र सनातन धर्मको मुनी सबै धर्म अटोस भन्ने उद्देश्यले आफूले धामको निर्माण गरेको बताउनुभयो ।
धामको उद्घाटन पछि छुट्टै धर्मसभा भएको छ । धर्मसभामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिको रुपमा राखिएपनि उनले धर्मसभालाई सम्बोद्धन भने गर्नुभएन् । ५ मिनेट सम्बोद्धनका लागि समय निर्धारण गरिएको भए पनि उनी सम्बोद्धन नगरी फर्कनुभएको थियो ।
धर्म सभामा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र हिजो नै चितवन आएर बसेका थिए । उद्घाटन कार्यक्रम सकिएको करिब दुई घण्टा पनि पूर्व राजा ज्ञानेन्द्र कार्यक्रम स्थल आएका थिए । उहा“ आउंदा उहा“का पक्षधरहरुले राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए ।
पूर्व राजा ज्ञानेन्द्रले शाश्वत धाम, धार्मिक ई–लाइब्रेरी लगायतको अवलोकन गरेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal