Tuesday, March 7, 2017

सप्तरीमा ज्यान गुमाएको सम्झनामा नवलपरासीमा शोकसभा

श्याम थापा

नवलपरासी, २४ फाल्गुन । सप्तरीको घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज नवलपरासीमा शोकसभा गरिएको छ । 
एमालेको मेचीमहाकाली अभियानको क्रममा सप्तरीमा गर्न खोजिएको जनसभालाई विथोल्न खोज्दा भएको झडपमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या सात पुगेको छ । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीको जमुनिया गा बि स को गोपिगन्जमा शोक सभा कार्यक्रम भएको हो । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीका जिल्ला सदस्य नरसिंह बाहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ह्दयेश त्रिपाठीले आफूहरुको लडाईं सम्प्रदायिक हिंसा मच्याउने लडाई नभई राज्यको विरुद्ध रहेको बताउनुभयो । 
उहांले एमालेको मेचीमाहाकाली अभियान रोकिएन भने पुनः टिकापुरको घटना दोहोरिने चेतावनी दिनुभयो । 
शोक सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अलि अन्सारी, तमलोपाका केन्द्रिय सदस्य छबिलाल हरिजन, युवा फ्रन्टका केन्द्रिय सदस्य करम हुसेन अन्सारी, लख्खु यादव, हैदर अलि मोमिन, असरफ चुडीयार लगायतले बोल्नुभएको थियो । 

परासी बन्द 

परासी, २४ फाल्गुन । सप्तरी घटनाको विरोधमा नवलपरासीको परासी क्षेत्र आज बन्द गरिएको छ । 
मोर्चाले बन्दको क्रममा ठाउंठाउंमा टायर बोलेर विरोध जनाएका थिए । आज परासीको बुद्धचोक, महेशपुर चोक, बालगोन्दि पेट्रोल पम्प चोक, परासीको लोक्तान्त्रिक चोक, बेलाशपुर, महेशपुर लगायत अन्य ठाँउमा समेत प्रदर्शन गरेका थिए । 


Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal